• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लायन्स राप्ती इञ्जिनियरिङद्वारा रक्तदान




घोराही । लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङ घोराहीले रक्तदानको श्रृङ्खला सुरु गरेको छ । हरेक महिनाको १५ गते क्लवको पहलमा सामूहिक रक्तदान कार्यक्रम आयोजना गर्ने गरी श्रृङ्खला थालिएको बताइएको छ ।

क्लवका अध्यक्ष शरद अधिकारीको अध्यक्षतमा भएको रक्तदान कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले गर्नुभएको थियो । रक्तदान कार्यक्रम सुभारम्भ गर्दै मेयर चौधरीले रगतको अभावका कारणले कोही पनि समस्यामा नपरुन भनेर लायन्स क्लवले थालेको अभियानमा सवैको साथ रहनुपर्ने बताउनुभयो । उहाँले घोराही उपमहानगरपालिकाले विरामीलाई आवश्यक पर्ने रगत निशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था गरेको भन्दै रक्तदानलाई अभियानका रुपमा अघि बढाएर रगतको अभाव पूर्ति गर्न सुझाव दिनुभयो ।

रगतको महत्वका बारेमा बोल्दै नेपाल रेडक्रश सोसाइटी दाङका मन्त्री प्रकाश श्रीवन्दले रक्तदान सवैभन्दा ठूलो दान भएको बताउनुभयो । उहाँले नेपाल रेडक्रश सोसाइटी दाङले घोराही, तुलसीपुर र लमहीमा रक्त सञ्चार केन्द्र संचालन गरेर विरामीलाई सेवा दिइरहेको बताउनुभयो । पहिले घोराहीमा मात्रै रक्त सञ्चार केन्द्र हुँदा समस्या भएकाले तीन क्षेत्रबाट सेवा दिइरहेको बताउनुभयो । रगतलाई बर्गिकरण गरेर विभिन्न तत्व बेग्ला बेग्लै दिन सकिने भन्दै त्यस्तो मेसिन घोराहीमा एउटा मात्रै रहेकाले अव मेसिनको संख्या थप्न आवश्यक रहेको बताउनुभयो ।

लायन्स क्लव इन्टरनेशनल ३२५ एन, एरिया नं। २ का चिफ डा। भिमसेन गिरीले लायन्सले रगत संकलन गर्ने अभियान चलाइरहेको बताउनुभयो । उहाँले लायन्सले गर्ने र गरिरहेका कामका बारेमा जानकारी दिनुभयो । लायन्स क्लवले भोकको विरुद्ध, आँखाको दृष्टिका लागि, बातावरणको क्षेत्रमा र रगत आपूर्ति लगायतका विभिन्न सेवाका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । यस्तै रक्त संचार केन्द्रका इञ्चार्ज दिलिप पौडेलले रक्तदान गर्न सक्ने अवस्था, गर्न नसक्ने अवस्था, रगतको महत्व लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

लायन्स क्लव राप्ती इञ्जिनियरिङको आयोजना र लियो क्लवहरुको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रमको पहिलो श्रृङ्खलामा १२ जनाले रक्तदान गर्नुभएको थियो । यसरी रक्तदान गर्नेहरुमा डा। भिमसेन गिरी, शरद अधिकारी, संगीता पुरी, पारस बुढाथोकी, अञ्जना चौधरी, प्रकाश चुदारा, शिव बुढाथोकी, हरिप्रसाद थारु, सवित चौधरी, विपना विश्वकर्मा, हेमराज बुढा र भूमिका जिसी हुनुुहुन्थ्यो ।

लायन्स क्लव राप्ती इञ्जिनियरिङका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक कर्ण पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन द्वितिय उपाध्यक्ष धनेश्वर चौधरीले गर्नुभएको थियो ।

Facebook Comments