• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लमही खानेपानी संस्थाद्वारा वृक्षारोपण




दिनेश रैदास

लमही । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजना र अजम्बरी सामुदायिक बन उपभोक्ता संस्थाको सहयोगमा, संस्थाको एक घर एक बिरूवाको नितिलाई पुरा गर्न सोमबार स्थानिय बन अजम्बरी सामुदायिक बनको डम्पिङ साईडको पश्चीम पट्टि अजम्बरी सामुदायिक बन उपभोक्ता संस्थाले तारबार गरेको १७ बिगाहा क्षेत्रमा बिभिन्न जातका बिरूवाहरूलाई एक कार्यक्रमका बिच बृक्षारोपणको काम सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष जंगबहादुर चौधरीको अध्यक्षता तथा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा अजम्बरी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष पवन शर्मा रिजाल बिशिस्ट अतिथिको आसनबाट बोल्दै बृक्षारोपण गर्ने काम आफैमा ठुलो काम हो पानी र रूखको सम्बन्ध नङ र मासुको सम्बन्ध जस्तो रहेका कारण यस्ता कामलाई सामाजिक संस्थाले निरन्तर रूपमा हरेक बर्ष गर्नुपर्ने र आबश्यक पर्ने साथ सहयोग सामुदायिक बनको रहने कुरा ब्यक्त गर्नुभयो।

अध्यक्षताको आसनबाट बोल्दै खानेपानी संस्थाका अध्यक्ष जग बहादुर चौधरी बाट बृक्षारोपणको काम संस्थाको नियमित कार्यक्रम रहेकाले हरेक बर्ष यस प्रकारका कामलाई निरन्तरता दिने कुरा ब्यक्त गर्नुभयो। खानेपानी संस्थाका बरिष्ठ सल्लाह दन्डिराम चौधरीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रम संस्थाका सचिब बसन्त आचार्यले सञ्चालन गर्नुभएको थियो।

Facebook Comments