• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश जनस्वास्थ्य भवन उद्घाटन




बुटवल । रुपन्देहीको बुटवलमा नवनिर्मित लुम्बिनीप्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले भवनको उद्घाटन गर्नुभएको हो ।

ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित प्रयोगशाला भवन सोमबार नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । ८ करोड ७० लाख २० हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधनगर्दै मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले प्रदेशको केन्द्रिय प्रयोगशालाको रुपमा यसलाई विकास गर्नुपर्ने बताउनुभयो । आधुनीक उपकरण र दक्षजनशक्ति राखेर नागरिकको विश्वास जित्ने गरि कामगर्न प्रयोगशालालाई निर्देशन दिदै मुख्यमन्त्री चौधरीले प्रदेशको रिर्सोस सेन्टरको रुपमा प्रयोगशलालाई विकास गर्न आग्रहगर्नुभयो ।

कार्यक्रमलाई सम्बोधनगर्दै स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई प्रेषण र गुण नियन्त्रण प्रयोगशालाको रुपमा विकास गरिने बताउनुभयो । मन्त्री खनालले प्रदेशमा रहेका सरकारी तथा निजी प्रयोगशालाहरुलाई सँगठित र सञ्जालीकरण गरि यसलाई अनुगमण र गुणस्तर नियन्त्रणको केन्द्रको रुपमा विकास गरिने बताउनुभयो ।

स्वास्थ्यमन्त्री खनालले स्तरीय प्रयोगशालाको अभावमा गाउँबाट शहर र शहरबाट अन्य प्रदेशमा बारम्बार धाई रहनुपर्ने बाध्यतालाई चिर्न नवनिर्मित प्रयोगशाला भवनलाई एकिकृत र सहज परिक्षण केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकार तत्पर रहेकोमा जोड दिनुभयो ।

समग्र स्वास्थ्य प्रणालीको सुदृढिकरणका लागिपनि प्रदेश प्रयोगशाला र यस्को सञ्जाल कोशेढँगा सावित हुने मन्त्री खनालले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सेभ द चिल्ड्रेनका नेपाल र भुटान कन्ट्री डाइरेक्टर हेथर क्याम्पबेल, ग्लोबल फण्ड जेनेभाका सिनियर पोर्टफोलियो म्यानेजर स्टेफन स्टोजनोभिक , ग्लोबल फण्डका हेल्थप्रोडक्ट म्यानेजमेण्ट स्पेस्लीष्ट डभिड बगोँजा लगायतले भवनको समुचित प्रयोगले प्रदेशका गाउँवस्तीका मानिसको स्वास्थ्य सेवामा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

Facebook Comments