• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मोटरसाइकल सानोभेरी नदीमा खस्दा एकजनाको ज्यान गयो




रुकुम पश्चिम । गएराति रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बाँफीकोट गाउँपालिकाको गारागाट सडक खण्ड हुँदै छिनखेतबाट पुरानो ठाँटी जानेक्रममा सानीभेरीमा मोटरसाइकल खस्दा २४ वर्षीय नन्दलाल विकको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार गएराति साढे नौ बजे रा ३ प २८६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सानीभेरी नदीमा खसेको हो ।

प्रहरी निरीक्षक श्रेष्ठले मोटरसाइकल पछाडि रहेका २३ वर्षीय कपिल विकलाई दुर्घटनापश्चात उद्धार गरेर जिल्ला अस्पताल सल्ले पठाएको बताउनुभयो । घाइते विकको उपचार भइरहेको छ ।

Facebook Comments