• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दोहोर्‍याएर दक्षिण कोरिया जाने विषयमा सहमति




काठमाडौं ।  रोजगार अनुमति प्रणाली (इपिएस) शाखा र आन्दोलनरत दक्षिण कोरियाबाट फर्केकाबिच शुक्रबार पाँचबुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका फर्केकासँग एचआरडी सर्भिस अफ कोरिया, इपिएस शाखाबिच  सहमति भएको हो ।

विगत केही महिनादेखि इपिएस प्रणालीबाट दक्षिण कोरिया गएर फर्किएकाले रोस्टरमा भएका श्रमिकलाई पुनः कोरिया जान पाउने वातावरण बनाउन माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सहमति अनुसार सिबिटी परीक्षासम्बन्धी सूचनाको आधारमा इपिएस कोरिया शाखा र कोरियाबाट फर्केका समूहबिच असार १० गते भएको सहमति कार्यान्वयन गर्न पहल गर्ने तथा सिबिटी परीक्षा फर्केकाका लागि भएकाले स्वस्फूर्त रूपमा सहभागी हुने छन् ।

कोरियाबाट फर्केका समूहले कार्यालयमा पेस गरेका मागलाई श्रम मन्त्रालय मार्फत कूटनीतिक पहल गरी कार्यान्वयनको पहल गर्न अनुरोध गर्ने सहमति भएको छ । सो शाखाका अनुसार चार वर्ष १० महिना दक्षिण कोरियामा काम गरेर फर्केकाले सन् २०२२ मा पुनः परीक्षा दिएर उत्र्तीण भई कोरिया जान प्रतीक्षारत थिए ।  कोरियाबाट फर्किएर पुनः जानका लागि प्रतीक्षारतको सङ्ख्या तीन हजार पाँच सयदेखि चार हजार रहेको इपिएस कोरिया शाखाले जनाएको छ ।

 

Facebook Comments