• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरी बजारमा सीसी क्यामेरा जडान




होलेरी । राेल्पाको रून्टीगढी गाउँपालिकाकाे हाेलेरी बजारमा सीसी क्यामेरा जडान गरिएकाे छ । पछिल्लो समय बजार क्षेत्रमा सडक दुर्घटना तथा चोरीका घटनाहरु बढ्न थालेपछि रून्टीगढी गाउँपालिकाले सीसी क्यामेरा जडान गरेकाे हाे ।

सीसी क्यामेरा जडान गरिएपछि बिभिन्न घटनाहरुको पहिचान गर्न र बजार क्षेत्रलाई  सुरक्षित राख्नका मदत पुग्ने उदेश्यले क्यामेरा जडान गरिएकाे गाउँपालिकाका अध्यक्ष जनक पुनले बताउनुभयाे ।

बजारका विभिन्न मुख्य भाग तथा मुख्य नाकाहरुमा सीसी क्यामेरा जडान गरिएको छ। अध्यक्ष पुनका अनुसार बजारको गाउँपालिका भवनदेखि भित्री बजार हुँदै जुर्नेटा डाँडासम्मका विभिन्न भागमा आठवटा क्यामेरा जडान गरिएकाे बताइएकाे छ ।

बजारको प्रायः सबै क्षेत्रलाई समेतने गरि सीसी क्यामेरा  राखिएकाे  अध्यक्ष पुनले बताउनुभयाे । सीसी क्यामेरा मोनिटर रेखदेख  गर्न र सुरक्षाको जिम्मा इलाका प्रहरी कार्यालय होलेरीलाई दिइएको छ ।

बजार क्षेत्रमा सीसी क्यामेरा जडान भएसँगै स्थानीय प्रहरीलाई बजार क्षेत्रमा हुने सडक दुर्घटना र अन्य अपराधिक कार्यहरुको पहिचान गर्न सहज हुने इलाका प्रहरी कार्यालय होलेरीले बताएकाे छ।

गाउँपालिकाको ५ लाख रुपैयाँको बजेटमा बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको हाे ।

Facebook Comments