• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीका महिलालाई आत्मनिर्भर बनाउन लेडिज फेसन डिजाईनर तालिम




तुल बहादुर कवँर मगर

देउखुरी । राप्ती गाउँपालिका दाङका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले एक हप्ते लेडिज फेसन डिजाईनर तालिम शुरु भएको छ ।

नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीकाे आयोजनामा उक्त तालिम शुरु गरिएको हाे।

तालिमको शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको छ।

उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बनाउने र क्षमता अभिवृद्धि गर्नका लागि फेसन डिजाईनर तालिमकाे महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

त्यस्तै उहाँले पछिल्लो समय आफ्नो माैलिक पाेषक भन्दा पनि आयातीत पश्चिमा फेसनको बढी प्रयोग भएको भन्दै लेडिज फेसन डिजाइनर तालिममा स्वदेशी माैलिक पाेषकहरुलाई बडवा दिनु पर्ने कुरामा जाेड दिनु भयो ।

सिलाई सम्बन्धी व्यवसाय गर्दै आएका महिलाहरुलाई अझै प्रभावकारी रुपमा व्यवसाय संचालन गर्न फेसन डिजाइनर तालिम संचालन गरिएको
नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीका अध्यक्ष लिलाधर दामाईले जानकारी दिनु भयो ।

राप्ती गाउँपालिकाका नाै वटै वडाका ३० जना महिलाहरूकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षक मनु थापा रहनु भएको छ।

तालिम राप्ती गाउँपालिका -२ बराखुटी स्थित करम्दी सामुदायिक वन काे हलमा संचालन हुने बताइएको छ।

उद्घाटन कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीका अध्यक्ष लिलाधर दमाईकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Facebook Comments