• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ब्राउन सुगरसहित ३ जना पक्राउ




दाङ । जिल्ला प्रहरी कार्यालय दाङले लागु पदार्थ ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका-५ अर्नवा निवासी बालिका सुनार, सोहि वडाको कोईलाबास रोड निवासी राउडी भन्ने विक्रम कुमार गुप्ता र बर्दाघाट नगरपालिका-६ कैलाली सुगरखालका समिर कठरिया रहेको जिल्ला प्रहरीले जनाएको छ ।

उनीहरुलाई हस्पिटल जाने बाटोछेउबाट ६ सय मि।लि। ग्राम लागु औषध (ब्राउन सुगर) सहित प्रहरीले पक्राउ गरेको हो । लागुऔषधको अबैध कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई जिल्ला अदालत, घोराही दाङबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान प्रकिया अगाडी बढाएको जिप्रका दाङका प्रवक्ता राजन कुमार गौतमले बताए । त्यस्तै पक्राउ परेका मध्य बालिका सुनार यो भन्दा पहिले पनि लागुऔषध कारोबारमा पक्राउ परिसकेकी हुन । उनी धरौटीमा रिहा भएकि थिईन ।

Facebook Comments