• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङकी नारायणीलाई तीज गीतमा मोडलिङ गर्न भ्याई नभ्याई




घोराही । छोटो समयमानै डान्स तथा मोडलिङमा सबैको प्रिय तथा चर्चित बन्न सफल नाम हो नारायणी खत्री। मोडलिङ सुरु गरेको छोटो समयमै करिब एक सय म्युजिक भिडियोमा अभिनय गरेकी दाङकी मोडल तथा डान्सर नारायणी खत्री यतिखेर भ्याई नभ्याई तीज तथा अन्य गीतहरुको मोडल गर्दै छिन् ।

भर्खरै बजारमा आएको न यता न उता भन्ने गीतमा पनि नारायणीले अभियन गरेकी छिन् । उनले अभियन गरेका गीतहरु ब्याक टु ब्याक हिट भएरका छन् भने टिकटकमा सार्वधिक रुचाईएको छ ।

उक्त गीत खुमन अधिकारी र विष्णु शेर्पाली गाएका हुन। हिजो बिहिबार मात्र खुमन अधिकारीको आफनै युटुब मार्फत सार्बजनिक गरेको उक्त भिडियो एक लाख जतिले हेरि सकेका छन् । त्यस्तै पशुपती शर्मा, सुनिता बुढा क्षेत्री र विक्रम क्षेत्रीको स्वरमा रहेको आखै तिरिमिरी भन्ने गीतमा पनि नारायणीले नै अभिनय गरेकी छिन् ।

त्यस्तै चर्चित गायिका शान्ती श्री परियारको स्वयम्बुको डाँडा भन्ने तिज गीतमा पनि नारायाणीकै अभिनय देख्न सकिन्छ । इश्वर सिंह र अमृता नेपालीको स्वरमा रहेको लालुमै फुल भिरैमा पनि उनै चर्चित डान्सर नारायणीनै अभिनय रहेको छ भने चरी भरर तिज गितमा पनि अभिनयमा नारायाणीनै रहेको छिन् । उक्त तीज गीतमा कला लम्साल र प्रकाश पराजुलीले गाएका छन् ।

गीतमा एकपछि अर्को सफलताको सिंढी चढ्दै गरेको छ । उनि म्युजिक भिडियो मात्र नभै स्वदेश तथा विदेशमा स्टेज कार्यक्रमा पनि भ्याई नभ्याई छ भक्करै जापानमा सांस्कृतिक कार्यक्रम सकेर हिजो मात्र स्वदेश फर्केकी छिन् ।

दाङ जिल्लाको लमही नगरपालिकामा जन्मेर काठमाडौँलाई कर्मथलो बनाउदै आएकी नारायणी हेर्दा पनि आकर्षित छिन्। सधै हाँसि रहने शालीन स्वभावकी मोडल तथा डान्सर नारायणी छोटो समयमानै चर्चा कमाउन सफल डान्सरमा पर्छिन्। सानै उमेरदेखि मोडलिङ तथा नृत्यमा रुचि राख्ने नारायणी भन्छिन् अब यसै क्षेत्रमा स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

Facebook Comments