• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशका गृहमन्त्री पाण्डेयद्वारा राप्तीका विभिन्न स्थानहरुकाे निरीक्षण




तुल बहादुर कवँर मगर
भालुवाङ । लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्ताेष कुमार पाण्डेयले बिहीबार राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ स्थित विभिन्न स्थानहरुकाे स्थलगत निरीक्षण गर्नुभएको छ।

मन्त्री पाण्डेयले भालुवाङमा रहेको ईलाका प्रहरी कार्यालय भालुवाङ र भालुवाङ नगर  विकास समिति भवनको पूर्वतर्फ आँपखाेली ठाडाे खाेलाका कारण गएको पहिरोकाे निरीक्षण गर्नुभएको हाे।

मन्त्री पाण्डेयले प्रहरी कार्यालयकाे कम्पाउड ,मेश,सम्बन्धित शाखाहरुकाे निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई बिभागय निति सम्बन्धमा मार्गदर्शन एवम् अपराध राेकथाम नियन्त्रण,शान्ति सुरक्षा लगायत समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिनुभएको थियोे।

त्यस्तै पहिराे गएको स्थनको निरीक्षण पश्चात् मन्त्री पाण्डेयले विपत व्यवस्थापन शाखा मार्फत तत्काल पहिराे नियन्त्रणको लागि काम थालिने बताउनुभयो ।

यसैबीच निरीक्षणकै क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राजधानी क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण सँगै शान्ति सुरक्षा कायम राख्न तत्काल राजमार्ग क्षेत्रमा जाेडिएका सिसि क्यामेराहरु मर्मतसँगै आवश्यक स्थानहरुमा क्यामेरा थप गर्न मन्त्री पाण्डेयलाई आग्रह गर्नु भएको थियोे ।

निरीक्षमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्ताेष कुमार पाण्डेय सँगै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,पालिकाका प्रबक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,वडा नम्बर १का वडा अध्यक्ष गेम बहादुर खड्का, ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह ,स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरु लगायतकाे सहभागिता रहेको थियो ।

Facebook Comments