• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीका प्रत्येक वडामा कृषक संजाल गठन हुने




होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाको प्रत्येक वडाहरुमा कृषक संजाल गठन हुने भएको छ ।

रुन्टीगढी गाउँपालिकामा पालिकास्तरी कृषक संजाल पुनः गठन गर्ने भनी बसेको भेलाले पालिकाको वडाहरुमा संजाल गठन नभएको पाइएपछि पहिले प्रत्येक वडाहरुमा गठन गरिने भएको छ ।

केही वडाहरुमा गठन भएपनि फेरि पनः गठन हुने भएको हो । रुन्टीगढी गाउँपालिका कृषि शाखा आयोजना तथा समुन्ति परियोजनाको सहजीकरणमा गठन सम्बन्धी छलफल भएको हो ।

कार्यक्रमको प्रमुख अतिथी एवंम रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले संजाललाई सक्रिय बनाउन वडा तहबाटै वडा सजाल गठन भइ छानिएर पालिकास्तरमा आउदा अगाडी बढाउन र सक्रिय बनाउन सहज हुने कुरा व्यक्त गरे पछि वडा तह बाट गर्ने निर्णय भएको हो ।

उपाध्यक्ष सरिता केसी अध्यक्षतामा भएको कार्यक्रममा समुन्ति परियोजनाका पदाधिकारीहरु , जनप्रतिनिधिहरु, पालिका कर्मचारी गोल दोस्रो परियोजनाका पदाधिकारी लगाएत कृषकहरुको सहभागीता रहेको थियो । कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको थियो ।

Facebook Comments