• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भालुबाङबाट ५ जना सडक मानवको उद्धार




तुल बहादुर कवँर मगर

भालुवाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङबाट ५ जना सडक मानवलाई उद्धार  गरिएको छ ।

केही दिन पहिलेदेखि सडकमै रात बिताउने गरेका उनीहरुकाे बिहीबार दिउँसो उद्धार  गरिएको हो ।

निलसागर सेवा आश्रम दाङ शाखाकाे अगुवाइमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहितको टोलीले २ पुरुष र ३ महिलालाई  उद्धार गरी निलसागर सेवा आश्रमकाे केन्द्रीय कार्यालय नेपालगन्ज र शाखा कार्यलय राप्ती गाउँपालिका वडा ८ पिपरीमा पठाएको हाे ।

उद्धार गरिएका मध्ये २ जनालाई आश्रमकाे शाखा कार्यलय पिपरीमा राखिएको छ भने ठाउँ अभाव र केही बिरामी रहेकाले उपचारका लागि ३ जनालाई केन्द्रीय कार्यलय नेपालगन्ज पठाइएको शाखा कार्यालय पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीले जानकारी दिनुभएको छ।

उद्धार गरिएका पाँचै जना नेपाली समुदायका हुन्।

केही दिन देखि साे क्षेत्रमा बेवारिसे अबस्थामा रहेको जानकारी पाए लगत्तै उनीहरुको उद्धार गरिएको हाे।

पालिकाका अध्यक्ष विष्ट सहित निलसागर सेवा आश्रम शाखा कार्यालय पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चाैधरी,वडा नम्बर दुईका वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चाैधरी,ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह,समाजसेवी तपराज आचार्य,माधव खनाल लगायतको सहभागीतामा उनीहरूको  उद्धार गरिएको हो ।

Facebook Comments