• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुरमा १४ वर्षीया बालिका बलात्कृत




तुलसीपुर । दाङको तुलसीपुरमा अर्को बलात्कारको घटना भएको छ । तुलसीपुरमा १४ वर्षिया बालिका बलात्कृत भएकी छिन् । मंगलबार दिउसो साढे २ बजेतिर १४ बर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बलात्कारको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ निवासी २३ वर्षीय बिनोद वलीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीले ति बालिकालाई घर नजिकैको मकै बारीमा बोलाई बलात्कार गरेका हुन् ।

बलात्कार पछि अचेत अवस्थामा रहेको अवस्थामा उनकी आमाले भेटाएकी थिइन् । अहिले उनको अवस्था सामान्य रहेको छ । वलीलाई विहीबार पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

केही दिन अघि मात्रै तुलसीपुरमा ७३ बर्षीया बृद्ध महिला र ११ बर्षीया बालिका बलात्कृत भएका थिए । तुलसीपुरमा पछिल्लो समय बालात्कारका घटना बढिरहेका छन् ।

Facebook Comments