घोराही । हिन्दु नेपाली महिलाहरुको महान चाड तीज पर्ब नजिकिदै गर्दा बजारमा नयाँनयाँ गीतहरु आउने क्रम जारी रहेको छ । सोही क्रममा प्राताप दाश र रिज्योना कार्कीको स्वर रहेको माईत जाने हो बोलको गीत सार्बजनिक भएको छ ।
उक्त गीतमा मित्र केसीको शब्द , बिष्णु तामाङ्गको संगीत र संयोजन रहेको छ । बिजय गुरुङले निर्देशन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन बिश्वकर्माको सम्पादन गरेका हुन् । गीतमा बिजय गुरुङ , सुबोधा श्रेष्ठ, बिना राउत , आभा थापा लगायतको अभिनय गरेका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।