• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीले स्वर्गीय पुनको छोराछोरीलाई वार्षिक ५० हजार दिने




होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाले  वडा नम्बर ४ का अध्यक्ष स्वर्गीय टंकबहादुर पुनको छोराछोरीलाई वार्षिक ५० हजार दिने भएको छ । पालिकाले स्थानीय सरकारको अबधीसम्म स्वर्गीय पुनको छोराछोरीलाई पठनपाठनका लागि बार्षिक ५० हजार र कृया खर्च २५ हजार दिने भएको हो ।

उक्त प्रस्ताव रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले मंगलबार कार्यपालिका बैठकमा स्वर्गीय टंकबहादुर पुनको परिवारलाई के गर्न सकिन्छ भन्ने प्रस्ताव राखेका थिए ।

सो प्रस्ताव पुनले गरेपछि रुन्टीगढी गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले सर्वसहमत पारित गरेको हो । साथै बैठकले स्वर्गीय टंक बहादुर पुनको धर्मपत्नीलाई रोजगारको समेत व्यवस्था गर्ने निर्णय गरेको रुन्टीगढी गाउँपालिका प्रबक्ता चेतलाल खत्रीले जानकारी दिए ।

स्क्रब टाइफसका कारण बिरामी भएका अध्यक्ष पुनको गत असार २७ गते घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । ३९ वर्षीय पुन नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

Facebook Comments