• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा पूर्वी दाङद्वारा ३ बिघा खेतमा धान रोपाइँ सुरु (फोटोफिचर)




घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले ३ बिघा खेतमा  धान रोपाइँ सुरु गरेको छ । पार्टीले मंगलबार एक कार्यक्रमका बीच  घोराही -१६  करौती डाँडामा  रहेको ३ बिघा क्षेत्रफलमा धान रोपाइँ सुरु गरेको हो ।नेपाल कम्युनिस्ट  पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सीले धान रोपाइँ  कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीले लिएको उत्पादन नीति अनुसार पार्टी उत्पादन कार्यमा जोडिएको बताएका छन् । उनले पार्टीले देशभर करिब ३ बिघा क्षेत्रफलमा  उत्पादन कार्यलाई अगाडि बढाएको भन्दै राप्तीब्यूरोमा  १५ बिघा बढी जग्गामा धान, मकै र दाल खेती सुरु गरेको उद्घोष गरे ।

नेता सविनले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता  र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टी सामूहिक उत्पादनमा जोडिएको प्रष्ट पारे । देशमा भएका बाँझो जमिनमा खोनजोत गरेर सुन फलाउने योजना रहेको समेत उनको भनाइ छ ।

इन्चार्ज सविन सीले वृद्दा विष्णु केसीलाई धानको बीउ हस्तान्तरण गरेर धान रोपाइँको उद्घाटन गरेका  थिए ।

वृद्दा विष्णु केसीले धान बीउ ग्रहण गर्दै नेकपाले खेतको बीचमा निर्माण गरेको हसिया हथौंडाको छेउमा धान रोपेर धान रोपाइँको सुरुवात गरेकी थिइन् ।

धान रोपाइँमा पार्टीका नेताकार्यकर्ता तथा स्थानीयहरुको आज बिहानैदेखि खेतमा उत्साहित भएर काम गरिरहेका थिए ।

धान रोपाइँ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इन्चार्ज सम्झना सी, पार्टीका केन्द्रीय सदस्य प्रदीप सी, पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, उत्पादन विभाग प्रमुख महान सी, अनेमसंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य अशोका सी, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज खुमन सी, युवा संगठन नेपाल पूर्वी दाङका अध्यक्ष पदम सी लगायत  स्थानीयबासीहरुको उत्साहजनक सहभागी रहेको थियो ।

 

 

Facebook Comments