• १ बैशाख २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा वृद्धामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ




दाङ । दाङको तुलसीपुरमा ७३ वर्षीया वृद्धा महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २० वर्षीय रेशम बिकलाई प्रहरीले वृद्ध महिलामाथि बलात्कार गरी रहेकै अवस्थामा तुलसीपुर बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले बताए ।

प्युठान स्वर्गद्वारी नगरपालिकाकी ७३ बर्सिया ती महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइ पुगेकी थिइन् ।

आरोपित दुई जनाले सहयोग गर्ने वाहानामा ललाइफकाइ तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुराएका थिए। त्यसपछि पालैपालो बलात्कार गरी रहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको र त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments