• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरले उठायो लक्ष्यभन्दा बढी राजश्व




घोराही । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ ।

नगरले घर जग्गा रजिष्ट्रसन बाँडफाँडबाट १४ करोड ५६ लाख २६ हजार आठ सय ८४ रुपैयाँ ८१ पैसा र नगरको राजश्व शाखा तथा १९ वटै वडाबाट २० करोड ७३ लाख २७ हजार पाँच सय ७१ रुपैयाँ ७२ पैसा गरी कुल ३५ करोड २९ लाख ५४ हजार चार सय ५६ रुपैयाँ ५३ पैसा राजश्व संकलन गरेको उपमहानगरपालिकाका लेखा अधिकृत लोकमणि शर्माले जानकारी दिनुभयो ।

१७ करोड ५० लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा २० करोड ७३ लाख २७ हजार पाँच सय ७१ रुपैयाँ ७२ पैसा संकलन भएको र १४ करोड घरजग्गा रजिष्ट्रेसनबाट प्राप्त हुने लक्ष्य राखेकोमा १४ करोड ५६ लाख २६ हजार आठ सय ८४ रुपैयाँ ८१ पैसा संकलन भएको छ । वडागत रुपमा सबै भन्दा बढी १४ र १५ नम्वर वडाबाट राजश्व संकलन भएको छ ।

वडा नम्वर १ ले १६ लाख ५० हजार १७ रुपैयाँ २१ पैसा, २ ले २३ लाख १८ हजार पाँच सय ८९ रुपैयाँ ६३ पैसा, ३ ले ३० लाख ७० हजार एक सय ६९ रुपैयाँ ३७ पैसा, ४ बाट ३५ लाख ४५ हजार तीन सय ८७ रुपैयाँ ८५ पैसा, ५ बाट २५ लाख ७५ हजार १२ रुपैयाँ ८७ पैसा, वडा नं। ६ बाट ३१ लाख ९३ हजार ३६ रुपैयाँ ९८ पैसा, ७ बाट ४० लाख ७० हजार पाँच सय ४५ रुपैयाँ ५७ पैसा र ८ बाट ३२ लाख नौ हजार दुई सय ५६ रुपैयाँ चालिस पैसा राजश्व संकलन भएको छ ।

यसैगरी वडा नं. ९ बाट ३५ लाख ४३ हजार २८ रुपैयाँ ९३ पैसा, १० बाट ९२ लाख ८० हजार दुई सय ३० रुपैयाँ ८३ पैसा, ११ बाट ३३ लाख ७१ हजार दुई सय चार रुपैयाँ १६ पैसा, १२ बाट ३६ लाख ६० हजार आठ सय ७३ रुपैयाँ ४८ पैसा, १३ बाट ५१ लाख ४५ हजार छ सय ७३ रुपैयाँ तीन पैसा, १४ बाट एक करोड २१ लाख सात सय ७४ रुपैयाँ सात पैसा, १५ नम्वर वडाबाट तीन करोड १६ लाख ८४ हजार चार सय ८३ रुपैया २६ पैसा, १६ बाट ५६ लाख २४ हजार ४७ रुपैयाँ ९९ पैसा, १७ बाट ७२ लाख १८ हजार पाँच सय आठ रुपैयाँ ७४ पैसा, १८ बाट ५८ लाख ३४ हजार छ सय ८७ रुपैयाँ ६ पैसा र वडा नम्वर १९ बाट दुई लाख १५ हजार ८७ रुपैयाँ ३९ राजश्व संकलन भएको छ ।

नगरमा सबै भन्दा धेरै घर जग्गा रजिष्ट्रेसन बाहेक घर बहाल करबाट दुई करोड ७३ लाख ३४ हजार संकलन भएको छ भने सम्पत्ति करबाट एक करोड ९७ लाख २४ हजार, भूमि तथा मालपोत संकलनबाट एक करोड ७१ लाख १० हजार संकलन भएको राजश्व शाखा प्रमुख कृष्ण केसीले जानकारी दिनुभयो । चालु आ।व।मा राजश्व संकलन प्रभावकारी बनाउन राजश्व गस्ती टोली परिचालन, कर संकलनमा संलग्न कर्मचारीको क्षमता अभिबृद्धि, व्यवसाय तथा मालपोत सम्पत्ति करमा असोज मसान्तसम्म १० प्रतिशत छुट तथा पौष गत विगतका वर्षको बक्यौतामा जरिवाना छुटको व्यवस्था गरिएको केसीको भनाइ छ ।

करदातालाई आकर्षित गर्न यस वर्षदेखि सूत्रमा आधारित सरकारी सफ्टवेयर जडान, प्रत्येक वडामा मोबाइल बैंकिङ प्रणाली क्यू।आर।कोड।मार्फत भुक्तानी, घरमै बसेर पनि कर तिर्ने व्यवस्था मिलाउन थालिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले जानकारी दिनुभयो ।

Facebook Comments