• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाका पिबिएम शीतलद्वारा रुकुम पश्चिमको मावि झुल्नेटालाई १२ लाख बराबरको जग्गा सहयोग




हेमन्त प्रकाश ओली

तुलसीपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य बल बहादुर (शीतल सी) ले रुकुम पश्चिमको एक विद्यालयलाई जग्गा दान गरेका छन् ।

नेता शीतल सीले त्रिबेणी गाउँपालिका (३ रुकुम पश्चिम स्थित श्री युवा जनजागरण माबी झुल्नेटालाई सरकारी मूल्य अनुसार १२ लाख बराबरको जग्गा निशुल्क हस्तान्तरण गरेका हुन् ।

रुकुमको खारामा जन्मिएका नेता शितलले जनयुद्ध शुरु भएको वर्ष २०५२ सालमा स्थापना भएको उक्त बिधालयलाई आफ्नै गाउँको जमिन दान गरेका हुन् ।

उनले मालपोत कार्यालय रुकुम पश्चिममा पुगि विद्यालय स्थापना हुँदा सहयोग गरेको जग्गामा थप अरु जग्गासहित बिद्यालयको नाममा जग्गा पास गरिदिएको बताएका छन् ।

बिद्यालय स्थापनाको निम्ति प्रमुख पहलकर्ताको रुपमा समेत रहेका नेकपाका नेता शितलले आफुले बिधालयलाई जग्गा सहयोग गर्न पाउँदा अन्त्यन्त खुशी भएको बताए ।

उनले भने – ‘ म अत्यन्त खुशी छु । समाजमा शैक्षिक चेतनाको जागरण गर्ने, सामाजिक बिभेदको विरुद्धमा लड्ने चेतना फैलाएको बिद्यालयलाई सहयोग गर्दा खुशी नहुने कुरा भएन । हामी कहिल्यैपनि चेतनाको विरुद्धमा थिएनौं बरु हामी चेतना फैलाउदै बिभेदका विरुद्धमा लडेका मान्छे हौं ।’

हामीमाथि एउटा आरोप छ , उनले थप भने‘ हामी निर्माण गर्दैनौं , ध्वस्त गर्न जानेका छौँ । यो आरोप जनयुद्धदेखि अहिलेसम्म लागेकै छ, तर यो सत्य होइन । हामीले अन्याय, अत्याचार , विभेद , बिकृती , बिसंगतीलाई ध्वस्त गर्न हिडेका हौं । सदियौँदेखी जनताको रगत चुसेर मोटाएकालाई गाउँगाउँबाट लखटेका हौं । तर यसको विकल्पमा हामीले जनयुद्धमा गाउँगाउँमा जनताको सत्ता निर्माण गरेका हौं । जनताले बुझेका छन् हामी के ध्वस्त पार्दैछौं र के निर्माण गर्दैछौं । शिक्षापनि दुई थरिको भयो त्यसैले बिरोध गरिरहेका छौँ । हाम्रो चाहना नेपालमा सवैका छोराछोरीले एउटै शिक्षा पढ्न पाउनुपर्छ । शिक्षा राज्यको दायित्व हुनुपर्छ भन्ने हो ।’

राजनीतिक प्रसंग जोड्दै शितलले भने – ‘राज्यसत्ता बदलिएन त्यसैले अर्को एउटा निर्णायक बिद्रोहको तयारी गरिरहेका छौँ । हामिले सामन्तवादलाई त मिल्कायौ तर त्यसको ठाउँमा दलाल पुजीवाद आइपुग्यो । अहिलेको संसदीय व्यवस्थासंग नेपाली जनता सन्तुष्ट छैनन् । हामी जनताको असली प्रतिनिधित्व गर्ने मान्छे भएकाले बहुसंख्यक जनताले अस्वीकार गरेको व्यवस्था र बिश्वमै संकटग्रस्त भइरहेको संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तीमा हिडेका छौँ । हामिलाइ पद , पैसा , कुर्सी केही चाहिएन केबल जनताको व्यवस्था नल्याएसम्म यात्रा रोकिदैन।’

यो कामले समाजमा निकै सकारात्मक र गुणात्मक क्रान्तिकारी प्रभाव पारेको समेत नेता शितलले बताए ।

बिधालयलाई जग्गा दान गर्ने नेकपाका पोलिट ब्युरो सदस्य शितल सी तत्कालीन माओवादीको नेतृत्व चलेको दस वर्षे जनयुद्धका कुशल नेतृत्वकर्ता मध्यका एक नेता हुन् । उनले जनयुद्धमा रुकुम , दाङ लगाएतका भुगोलमा नेतृत्व गरेका थिए ।

सार्वजनिक संस्थालाई सहयोग गर्नु अनुकरणीय कार्य हो स् प्रधानाध्यापक सार्वजनिक संस्थालाई जग्गा दान गर्नु अनुकरणीय कार्य भएको श्री युवा जनजागरण माबी झुल्नेटाकि प्रधानाध्यापक कृष्णा ओली खड्काले बताइन् । उनले भनिन् – ‘बिधालय स्थापना उहाँकै जग्गामा भएको हो तर त्यो जग्गा बिधालयको नाममा नामसारी भएको थिएन । अहिले उहाँले २०५२ सालमा बिधालय स्थापना गर्दा दान गरेको जग्गामा अरु २० मिटर जग्गा थप गरेर बिधालयको नाममा नामसारी गरिदिनु भएको हो ।’

बिधालयकि प्रधानाध्यापकका अनुसार बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन भइरहेको उक्त बिधालयमा ५७० जना बिद्यार्थी रहेका छन् भने १७ जना शिक्षक कर्मकारी छन् ।

प्रधानाध्यापक कृष्णा ओली खड्काले बिधालयमा जग्गा अपुग भएपछी नेकपाका नेता शितलले दान गरेको जग्गाको क्षेत्रफल बराबर जग्गालाई ६० लाखमा खरिद गरेको समेत बताइन् । उनले थप भनिन्– ‘हामिले शितल सरको जग्गाको क्षेत्रफलको जग्गा अरु व्यक्तिबाट चलनचल्तीको मूल्य अनुसार ६० लाखमा खरिद गरेका हौं । उहाँको जग्गाको मुल्यांकनपनि त्यही बराबर हुने हो तर उहाँले सरकारी मुल्यांकनको आधारमा जग्गा उपलब्ध गराउनु भएको छ । बिधालय परिवार उहाँको कदमले प्रशन्न छ । समाजमा उहाँ जस्ता असल नियतका मान्छे पनि छन् भन्ने महसुस गरेका छौँ ।’

प्रधानाध्यापक ओली खड्काका अनुसार बिधालयमा शौचालयको समस्या रहेको छ । ३ वटा भवन छन् , उनले थपिन ‘ शौचालयको समस्या धेरै छ । शौचालय एउटा छ त्यो पनि अस्थायी शौचालय छ । महिला संवेदनशीलताका कुरा हुन्छन् । शौचालय नहुदा महिला शिक्षक (कर्मचारी र बिद्यार्थीहरुले समस्या भोगिरहेका छन् । मावीमा दरबन्दी छैन् निजि स्रोतमा छन् । बिधालय अहिले ऋणमा छ ।’

Facebook Comments