• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हामीले कहिलेसम्म जोखिम यात्रा गर्नुपर्ने….?




भुवन केसी
रोल्पा । हरेक दिन  रेडियो खोल्यो दुर्घटना ,फेसबुक हेर्दा दुर्घटना ,पत्रपत्रिका पढ्दा दुर्घटना दिन- दिनै देशका विभिन्न ठाउँहरुमा भैरहेका दुर्घटना हामी सबैले देखी रहेका छौं। तर कसरी ? के कारणले ? र किन यसरी दिनप्रतिदिन दुर्घटना भैरहेको छ र मान्छेहरुले अकालमै ज्यान गुमाईरहेका छन भन्ने बिषयमा हामी सबै मुहान छौं यसमा कसैको चासो छैन हाम्रो चासो समाचार हेर्न समाचार शेयर र समाचार बनाउनमा छ ।

सरकारको चासो तथ्यांक संकलन गर्ने र देशका विभिन्न ठाउँहरुमा सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको संख्या गणना गर्नेमा छ बिचारा दुर्घटनामा ज्यान गुमाउने परिवारहरुको कस्तो बिचल्ली छ। हामी कोहि कसैलाई केही थाहा छ। मलाई लाग्छ हाम्रो देशमा सिस्टम कमजोर छ पावर पहुँच भएपछि जे गर्दा नि हुन्छ सबैलाई एउटै किसिमको सिस्टममा चल्दैन यहाँ ब्यक्ति अनुसार फरक फरक छ । ठुला ठालुलाई माथि बाट आदेश आउछ र तल जे गर्दा नि छुट छ बिचारा सर्वसाधारणहरुलाई  निकै गाह्रो छ। लाग्छ दुर्घटनाले कसैलाई पनि खुसी बनाउदै यसले धेरै परीवारलाई छेद बिछेद बनाएको छ ।

अब तपाई आफै भन्नुहोस् दुर्घटना हुनुको मुख्य कारण के छ ? मलाई लाग्छ सडक बाटो निर्माणमा कमिसन र भ्रष्टाचार छ। यसको निर्माणमा कति धेरै कमिसन र भ्रष्टाचार छ ठेक्का पट्टा लिनेलाई सबै भन्दा बढी कमाउनु छ समयमा काम हुँदैन परेको बजेट जति भ्रष्टाचार गर्नमा ठिक्क छ। सडक बाटो न सुधार छ न फराकिलो जनताको करबाट उठाएको बजेट जति गोजीमा जान्छ जनताले यात्रा गर्ने बाटोमा कतै धुलो ,कतै हिलो त कतै साघुरो छ।

जनताको  यात्रा उच्च जोखिममा छ । त्यही पनि हामीले गाउँ गाउँमा संहदरबार पुर्यायौ घर -घरमा सडक बाटो पुर्यायौ भन्ने छ । सरकारले यातायात संचालकहरुलाई पनि ध्यानाकर्षण गराएको देखिदैन। पुराना थोत्रा भएका गाडीहरु संचालन गर्ने दिएको छ , सडक बाटोको निर्माणकार्यमा ध्यान नदिई गाडी संचालन गर्ने दिएको छ ,गाडीमा यात्रीको चाप के कस्तो छ भन्ने बिषयमा केही निगरानी छैन निगरानी गर्ने जिम्मा पाएको निकायलाई कमिसन पाए पुग्छ ।

आज म देशका विभिन्न ठाउँहरुमा भैरहेका सडक दुर्घटना र त्यसबाट मान्छेहरुले अकालमै गर्नु परेको मृत्युवरण गर्नुपरेको अवस्थालाई देखेर गाउँ जाने सडक बाटो ,त्यहा चल्ने गाडी ,गाडी संचालक ,यात्री र सरकारको बिषयमा मनमा लागेका केहि कुराहरू लेख्ने प्रयास गरेको छु ।लाग्छ यहाँ पहिलो पटक यात्रा गर्ने मान्छेलाई दोस्रो पटक यात्रा गर्न मन लाग्दैन बाटो निकै साघुरो र अप्ठ्यारो छ ।

यात्रा डर त्रासमै गर्नुपर्छ। कुन बेला के हुन्छ भन्ने कसैलाई थाहा छैन साघुरो बाटोलाई फराकिलो बनाउनमा सरकारको ध्यान छैन यात्रीको चापलाई कम गर्न थप गाडीको ब्यवस्था छैन कतिपय गाडी चालकहरुको लापरबाही छ यी यस्तै कार्यले गर्दा पनि यात्रामा कठिनाइ छ । तर उक्त सडक बाटोमा गाडी चलाउने र यात्रीलाई सकुशल घरसम्मको यात्रा गराउने गाडी चालकहरुलाई भने मेरो सलाम छ।

उक्त ठाउँको यात्रा गर्दा केहि भैहाल्छ कि भन्ने त्रास मन भित्र जो कोहीलाई आउन सक्छ मान्छेलाई कुन बेलामा यात्रा गर्नुपर्ने हुन्छ थाहा नै हुदैन। देशका विभिन्न ठाउँहरुमा छरिएर बसेका गाउपालिका बासिन्दाहरु घरगाउँमा फर्किने भिडभाड कहिले पनि कम भएको देखिदैन देशका विभिन्न ठाउँ तथा बिदेशमा आ-आफ्नो पेशा ब्यवसाय गर्ने मान्छेहरु जुनसुकै बेला यात्रा गर्नुपर्ने हुन्छ।अझ चाडपर्वको समयमा त के कुरा गर्नु यात्रीहरुले गाडीको छ्तमा समेत यात्रा गर्नुपर्ने बाध्यता छ। ती मध्ये केहि यात्रीहरुले भने बाटोमा धेरै जोखिम झेल्नुपरेको छ।

दाङको तुल्सीपुरबाट रोल्पाको गंगादेब गाउँपालिकाका विभिन्न ठाउमा पुग्ने यात्रीहरुको चाप प्राय धेरै हुन्छ। सिमीत संख्यामा गाडी गुड्ने र बर्षातको समयमा बिग्रेको बाटो मर्मतका लागि कोही कसैकोपनि ध्यान नजानुले पनि यात्रीहरुले जोखिमपुर्ण यात्रा गर्नुपरेको छ। दाङको तुलसीपुर बाट सल्यान कपुरकोट, कोइला, झ्याम र सुखाओढार हुदै राँक ताप्ला बजार जाने गाडीका यात्रीहरुले  १२ महिना कठिन यात्रा गर्नुपर्ने बाध्य छ।

गंगादेब गाउँपालिका भित्र गुड्ने धेरै गाडीहरु कुनैपनि सिस्टममा नभएको र गाडीहरुले मनपरि यात्रीबाट भाडा असुल्ने गरेका छन । करिब तुलसीपुरबाट राँक ताप्ला बजार जान ५/६ घण्टा समय लाग्ने गाडीहरुले एउटा ब्यक्ति बाट ८ सय देखि १ हजार सम्म भाडा असुल्ने गरेका छन । गाडीले यात्री भन्दा धेरै सामना बोक्ने गरेकाले ओभर लोड भएर गाडी गन्तव्य स्थलमा ढिला पुग्ने गरेका छन ।

खराब बाटोमा यात्रीलाई उर्लाएर हिडाल्नुपर्ने, ट्यासी उकालो बाटोमा गुडन नसक्ने र बसलाई बाटो सागुरो भएकाले गन्तव्यमा ढिला पुग्ने गाडी चालकको गुनासो छ। बर्षादमा हिलाम्मे र हिउँदोमा खाल्डा खुल्डिका कारणले यात्रीहरुले बाह्रै महिना यात्रामा सास्ति बेहोर्नुपरेको हो। गंगादेब चल्ने रोडमा अहिलेसम्म सम्मानजनक हिसावले गाडीको भाडा निर्धारण गर्ने कोहि कसैको चासो देखिएको छैन, यात्रीलाई जानकारी नभएकोले गाडीको भाडा मनपरि असुली गर्दा यात्रीहरुले चर्को भाडा दरमा जोखिम यात्रा गर्नुपरेको यात्रीहरुको गुनासो छ।

गंगादेब गाउँपालिका भित्रका गाउँगाउँमा सडक बाटो पुगेको भएपनि सडक बाटो  निर्माणमा दिगोपन नभएकोले ठाउँ ठाउँमा पहिरो गएर गुणस्तरहिन भएको छ । सडक बाटोको सुधार, यात्रीहरुको जोखिमपुर्ण यात्रा र चर्को भाडा असुलीको बिषयमा गंगादेब सरकार मुहान बसेको देखिन्छ।

समयमा यात्रीहरुको यात्रा सहज बनाई यात्रीलाई घरसम्म अर्थात गन्तव्य स्थल सम्म पुग्न सहज वातावरण बनाउन गंगादेब सरकारको ध्यानाकर्षण गराउनै पर्ने देखिन्छ। गाउँपालिकाभित्र हुने धेरै कामहरु मनोमानी हुने हुँदा धेरै गतिविधिहरुमा सिस्टम बिपरित भएको देखिन्छ । यो बिषयमा गंगादेब सरकार ध्यानाकर्षण हुनुपर्छ। गंगादेब सरकारलाइ मेरो यहि अनुरोध छ।

Facebook Comments