• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा एक वर्षमा ४० मुद्धा दर्ता, सबै भन्दा बढी घरायसी झगडा




घोराही । बंगलाचुली गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्म ४० वटा मुद्धा दर्ता भएका छन् ।

पालिकाको न्यायीक समितिमा दर्ता भएका ४० मुद्धा मध्ये २५ वटा घरायसी झगडाका मुद्धा दर्ता भएका हुन् ।

बंगलाचुली गाउँपालिकाको न्यायिक समितिका संयोजक भक्तबहादुर जिसीले आर्थिक वर्ष २०७९/०८० असार २७ गतेसम्म ४० वटा मुद्धा दर्ता भएको र त्यसमा सबैभन्दा बढी घरायसी झगडाका मुद्धाहरु दर्ता भएको बताए ।

उनले घरयासी झगडामा २५ वटा, लेनदेन सम्बन्धी ३ वटा, साधी सीमान, राहत तथा क्षेतिपूर्ति र लघुवित्त पीडित सम्बन्धी २/२ वटा मुद्धा, लघुवित्त, विव्यस, सडक मर्मत, मानहानीसहित लेनदेन, फिल्ड निर्माण र खानेपानी तथा सरसफाइ सम्बन्धी १/१ वटा गरी ४० मुद्धा दर्ता भएको जानकारी दिए ।

न्यायिक समितिमा दर्ता भएको ४० वटा मुद्धा मध्ये १५ वटा मुद्धा मिलापत्र भएको, १० वटा अदालतमा पठाएको, ३ वटा मुद्धा तारेखमा र ८ वटा मुद्धा छलफलको प्रक्रियामा रहेका न्यायिक समितिका संयोजक जिसीको भनाइ छ ।

 

Facebook Comments