• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अग्निपीडित वलीको घर निर्माणका लागि आर्थिक सहयोग उठ्दै




घोराही । दाङको बंगलाचुली गाउँपालिका – ५ मुर्कुट्टीका अग्निपीडित उमबहादुर वलीको घर निर्माणको लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । रोजगारीका लागि हाल दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले अग्निपीडित वलीलाई ३० हजार रुपैंया सहयोग गरेका छन् ।

पीडित परिवारलाई सानो सहयोगले पनि ठूलो काम गर्छ भन्दै बंगलाचुली निवासी हेमकुमार वली, निराजन महरा, भानुभक्त वली, सरेश वली, प्रकाश चन्द घर्ती, सन्तोष जिसी, मनोज वली, विपिन महरा र केशव वलीले प्रतिव्यक्ति ३ हजारका दरले ३० हजार आर्थिक सहयोग गरेका हुन् ।

अग्निीपीडित उमबहादुर वलीले दुई वर्षको बच्चाले आगो खेलाउने क्रममा गत असार ४ गते घरमा आगलागी भएको बताए । उनले घरमा आर्थिक अवस्था कमजोर भएको हुँदा घर निर्माण गर्न निकै समस्या रहेका बेलामा स्थानीय सरकार, स्टमित्र र युवाहरुले गरेको सहयोगले घर निर्माणको प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिए । साथै घर निर्माण गर्नका लागि सहयोग गर्न चाहने इच्छुक जो कोहीले सहयोग गर्न सक्ने उनलको भनाइ छ ।

सहयोग गर्न चाहने व्यक्तिहरुले अग्निपीडित वलीको सम्पर्क नं. ९८४१८१७५२७ वा सिधै उमबहादुर वलीको बंगलाचुलीमा रहेको सिटीजन बैंक खाता नम्बर ०६७०१०००००३८२०४१ मा सहयोग गर्न सकिनेछ ।

Facebook Comments