• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गढवामा विषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी




आलोक भावुक
गढवा । जंगलबाट खोजेर ल्याएको बिशालु च्याउ खाँदा गढवामा एकै परिवारका दुई जना विरामी भएका छन्।

मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी भएको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिनुभयो।

विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरकी ७२ वर्षीय बसन्तु चौधरी र उहाँकी ७६ वर्षीय श्रीमती छुकनी चौधरी रहेको प्रमुख यादवले बताउनु भयो ।

बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी गढवा स्वास्थ्य चौकीमा लगिएको हो ।
विरामी दुवैको उपचार गढवा स्वास्थ्य चौकी गढवामा भैरहेको र हाल सम्म स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

Facebook Comments