• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लामो समयपछि होलेरीमा हाटबजार सञ्चालन




बिरेन्द्र घर्ती

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका होलेरीमा हाटबजार संञ्चालनमा आएको छ । उक्त हाटबजार शनिबार एक कार्यक्रमकाबीच रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले उद्घाटन गरेका हुन् ।

हाटबजार रुन्टीगढी गाउँपालिकाको १० लाख , समुन्ति परियोजना १० लाख, रुडास नेपाल गोल २ परियोजना को ८ लाख, रुडास नेपाल प्रक्याव परियोजना ३ लाख र जन श्रमदान ३ लाख ९९ हजार गरि ३४ लाख ९९ हजार लागतमा हाटबजार समितिद्वारा सम्पन्र भएको हो ।

कार्यक्रम हाटबजार समितिका अध्यक्ष चन्द्र महराको अध्यक्षता, प्रमुख अथिति रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन तथा अथितिहरु गाउँपालिका बिभिन्न वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख, मंगल ज्योति ताजा तरकारी कृषि हाटबजारका उपाध्यक्ष लगाएत कृषक र व्यापारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित व्यक्तिहरुले विगत लामो समयदेखि अलपत्र अबस्थामा रहेको हाटबजार संञ्चानमा आएको भन्दै गाउँपालिकासँगै समन्वय गर्ने संस्थाहरुलाई धन्यवाद व्यक्त गरेका थिए । साथै उनीहरुले संञ्चालनमा ल्याउनु र बनाउन मात्र ठुलो कुरा नभएको भन्दै यसलाई बचाउन र निरन्तर संञ्चालन गर्न अनुरोध गर्दै विगत झै अलपत्र नबनाउन हाटबजार समितिलाई अनुरोध गरेका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अथिति जनक पुनले बिभिन्र बाधा अबरोधका बीचमा पनि आफुहरु हाटबजार संञ्चालन गर्न सफल भएको बताए । साथै हाटबजार संञ्चालन गर्दा जस्तो सुकै अबस्था आएपनि नरोकिने र अन्य छिमेकी गाउँपालिका भन्दा रुन्टीगी गाउँपालिका उत्कृष्ट र राम्रो हुने बताउए । त्यस्तै व्यापारिहरुको समस्या पनि ग्यारेन्टि गर्ने भन्दै उनले भने- ‘अब बिचौलिया भन्ने शब्दको अन्त्य भयो, कृषकको उत्पादनले बजार पाउछ, ढुक्क हुनुस।’

उता हाटबजार संञ्चालन समितिका अध्यक्ष महराले भने जे-जस्तो भएपनि हाटबजार संञ्चालन गर्न सफल भएको भन्दै हाटबजार संञ्चालन गर्दा सहयोग गर्न सम्पुर्णलाई धन्यवाद दिदै थप सहयोगको अपेक्षा गरेको बताए । हाटबजार हप्ताको २ दिन शनिवार र मङगबार लाग्ने महराले जानकारी दिए । कार्यक्रमको संञ्चालन रुडास नेपाल गोल २ परियोजना प्रमुख बासुदेव पोखरेलले गरेका थिए ।

Facebook Comments