• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको कलश सहकारी देशभरमै उत्कृष्ट बचत तथा ॠण सहकारीको रुपमा सम्मानित




घोराही । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड देशभरकै उत्कृष्ट बचत तथा ॠण सहकारीको रुपमा सम्मानित भएको छ ।

दाङको लमहिमा आज बिहीबार भएको लुम्बिनी प्रदेश स्तरिय कार्यक्रममा सहकारीको विकास प्रवर्द्धन र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै देशभरमा उत्कृष्ट बचत सहकारी संस्थाको राष्ट्रिय सहकारी बैंक लिमिटेडले सम्मान पत्रका साथ सम्मान गरेको हो ।

गत पौष १८ गते सम्पन्न सहकारी बैंकको १९ अौं वार्षिक साधारणसभाका अवसरमा कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई देशभरमै उत्कृष्ट बचत सहकारी संस्थाको रुपमा घोषणा गरेको थियो ।

लुम्विनि प्रदेशका आन्तरीक मामिला कानुन तथा सहकारी मन्त्रालयका मन्त्रि सन्तोष कुमार पाण्डेयले कलश सहकारीका अध्यक्ष बालचन्द्र शर्मालाई प्रमाणपत्र सहित सम्मान गर्नु भएको हो ।कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सहकारीलाई समाजमा उत्पादनमूलक कार्यमा काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के।वि। उप्रेतीको अध्यक्षता एवं लुम्विनि प्रदेशका आन्तरीक मामिला कानुन तथा सहकारी मन्त्रालयका मन्त्रि सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा अन्य विभिन्न विधाहरुमा उत्कृष्ट हुने दाङका हातेमालो बचत तथा ऋण सहकारी,शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुभम् लघुउद्यम सहकारी संस्था लिमिटेड, राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहयोगी बचत तथा ऋण सहकारी संस्था लगाएतलाई सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो ।

Facebook Comments