• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा ४० जनाले गरे रक्तदान




घोराही । रक्त सञ्चार घोराहीमा रगतको अभाव हुन नदिन ४० जनाले रक्तदान गरेका छन् । दाङ स्कार्पियो फेम्ली घोराहीले बिहीबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका हुन् ।

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा अर्जुन कुमार थापा, सुमन चौधरी, बलबहादुर केसी, खुसीराम चौधरी, भाष्कर अधिकारी, ज्ञानेन्द्र रिजाल, सञ्जिव थापा, प्रकाश चौधरी, फनाधर महारा, पुकार डिसी लगायतले रक्तदान गरेका थिए ।

अस्पतालमा बिरामीको चाप बढेसँगै विभिन्न ठाउँमा रगतको अभाव हुने गरेको हुँदा घोराहीमा रगतको अभाव हुन नदिने उद्देश्यका साथ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको पुकार डिसीले जानकारी दिए ।

गुरु प्रसाद आचार्यको अध्यक्षता एवं भरतनाथ योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी घोराहीको प्राविधिक सहयोग तथा गुरु प्रसाद आचार्य र पुकार डिसीको संयुक्त आर्थिक सहयोग रहेको थियो ।

 

Facebook Comments