• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु




रोल्पा । रोल्पामा जंगली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं. ५ बुझिङका ६ वर्षिय बालक प्रेम गुरुङको आज बिहान ७ बजे मृत्यु भएको हो ।

असार २६ गते बुझिङ कालोपहर बस्ने दुर्गे गुरुङको श्रीमती ३३ बर्षकी भिमा गुरुङ, ११ वर्षका सुशिल गुरुङ र बर्ष ६ को प्रेम गुरुङले च्याउ खाई बिरामी परेको प्रहरी चौकी किलाचौरले जानकारी दिएको छ ।

उनीहरुलाई उपचारको लागि २७ गते लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । च्याउ खाँदा विरामी भएका भिमा गुरुङ र सुशिल गुरुङ अहिले बोल्न नसक्ने अवस्थामा रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।उनिहरुले कुन प्रजातिको च्याउ खाएका हुने भन्ने बारेमा अहिले सम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय रोल्पाका प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिनुभएको छ ।

श्रीमान रोजगारको शिलशिलामा कतारमा रहेको र घरमा ३ जना मात्र रहेको प्रहरीको भनाई छ । माईतको बुवा आईते बुढा मगरले उपचारका लागि अस्पताल पुर्याउँनु भएको बताइएको छ ।

Facebook Comments