• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा सिलिण्डर विष्फोट, १० वर्षीय बालकको मृत्यु, अस्पतालमा तनावग्रस्त




घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा अक्सिजनको सिलिण्डर विष्फोट हुँदा एकजना बालकको मृत्यु भएको छ ।

प्रतिष्ठानको एमआरआई कक्षामा डाक्टरको लापर्बाहीको कारणले अक्सिजनको सिलिण्डर विष्फोट हुँदा घोराही–३  निवासी १० वर्षीय आक्रोश नेपालीको बिहीबार मृत्यु भएको आफन्तले दाबी गरेका छन् ।

बालकको मृत्यु भएपछि अस्पातल परिसर तनावग्रस्त बनेको छ, भने अस्पतालमा सुरक्षा व्यापक परिचालन गरिको छ ।

मृतकका आफन्त केशव नेपालीले यो घटनामा संलग्न भएको जोकोहीलाई कारबाही हुनुपर्ने र उचित क्षेतिपूर्तिको माग गरेका छन् । उनले आफूहरुको माग सम्बोधन नभएमा कडा संघर्षमा उत्रिने र संघर्षबाट उत्पन्न कुनैपनि घटनाको जिम्मेवारी स्वयं अस्पताल प्रशासनले लिनुपर्ने चेतावनी समेत दिएका हुन् ।

फिजिसियन डाक्टर रमेश कडेलले अक्सिजनको सिलिण्डर नपक्किएको तर लिक मात्र भएकोे बताए । उनले एमआरआईमा कक्षमा अक्सिजनको सिलिण्डर लग्नु आफूहरुको गल्ती भएको स्वीकार गरे ।

मंगलबार साँझ बालक एक्कासी बिरामी भएपछि राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा ल्याइएको र चिकित्सकको सल्लाह अनुसार बालकलाई भर्ना गरिएको थियो ।

हस्पिटलमा भर्ना गरेको १२ घण्टापछि बालक विस्तारै निको हुँदै गएको र डाक्टरले बेहोस हुनुको कारण एमआरआई गरेपछि मात्र थाहा हुने भनेपछि बालकलाई एमआरआईको तयारी गरिएको बालक फुपु रुपा नेपालीले बताइन् ।

बालकका फुपु रुपा नेपालीका अनुसार दुई पटकसम्म बालकलाई एमआरआई कक्षमा लगेपनि बालक डराएको र तेस्रो पटक चिकित्सको सल्लाह बमोजिम बालकलाई बेहोस बनाइ एमआरआइ कक्षमा लगिएको थियो ।

बालकलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एमआरआइ कक्षमा अक्सिजन लगिएको र बालकलाई अक्सिजन दिँदै गर्दा अक्सिजनको सिलिण्डर विष्फोट भएको जानकारी ।

एमआरआइ कक्षमा धातुजन्य वस्तु लग्न नमिल्ने भएतापनि अक्सिजनको सिलिण्डर एमआरआइ कक्षमा लग्नु डाक्टरको चरम लापर्बाहीको भएको आफन्तहरुको भनाइ रहेको छ ।

अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल चलिरहेको छ ।

 

Facebook Comments