• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा अक्सिजनको सिलिण्डर विष्फोट हुँदा बालकको अवस्था गम्भीर




घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा अक्सिजनको सिलिण्डर विष्फोट हुँदा एक जना बालक गम्भीर घाइते भएका छन् ।

प्रतिष्ठानको एमआरआई कक्षमा डाक्टरको लापर्बाहीको कारणले अक्सिजनको सिलिण्डर विष्फोट हुँदा घोराही–३ बर्गद्धी निवासी ११ वर्षीय आक्रोश नेपाली गम्भीर घाइते भएका हुन् ।

गम्भीर घाइते बालकको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको भनिएतापनि आफन्तले भने मृत्यु भएको आशंका गरेका गरेका छन् ।
मंगलबार साँझ बालक एक्कासी बिरामी भएपछि राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा ल्याइएको र चिकित्सकको सल्लाह अनुसार बालकलाई भर्ना गरिएको थियो ।

हस्पिटलमा भर्ना गरेको १२ घण्टापछि बालक विस्तारै निको हुँदै गएको र डाक्टरले बेहोस हुनुको कारण एमआरआई गरेपछि मात्र थाहा हुने भनेपछि बालकलाई एमआरआईको तयारी गरिएको बालक फुपु रुपा नेपालीले बताइन् ।

बालकका फुपु रुपा नेपालीका अनुसार दुई पटकसम्म बालकलाई एमआरआई कक्षमा लगेपनि बालक डराएको र तेस्रो पटक चिकित्सको सल्लाह बमोजिम बालकलाई बेहोस बनाइ एमआरआइ कक्षमा लगिएको थियो ।

बालकलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एमआरआइ कक्षमा अक्सिजन लगिएको र बालकलाई अक्सिजन दिँदै गर्दा अक्सिजनको सिलिण्डर विष्फोट भएको थियो ।

एमआरआइ कक्षमा धातुजन्य वस्तु लग्न नमिल्ने भएतापनि अक्सिजनको सिलिण्डर एमआरआइ कक्षमा लग्नु डाक्टरको चरम लापर्बाहीको भएको आफन्तहरुको भनाइ रहेको छ ।

यो घटनाको बारेमा अहिले केही बोल्न नमिल्ने अस्पताल प्रशानसले जनाएको छ ।

यस विषयमा अहिले दुई पक्षको बैठक बसिरहेको छ ।

Facebook Comments