• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मन्त्री मास्कीद्वारा पाल्पा दरवारको अवलोकन




देउखुरी । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले पाल्पा दरबार संग्रहालयको अवलोकन गरेका छन् । संग्रहालयमा रहेको मगर, थारुलगायतको अवलोकन गरेका हुन् । प्रदेश सरकार मातहत रहेको उक्त संग्रहालयलाई थप ब्यबस्थित गर्नकालागि प्रत्येक बर्ष प्रदेश सरकारले बजेट ब्यबस्था गर्ने गरेको मन्त्री मास्कीले बताए । संग्रालयमा परम्परागत सामग्री, रहनसहन राखिने भएकाले त्यसले पुर्खालाई नयाँ पुस्ताले पनि अध्ययन गर्ने पाउने उनको भनाई छ ।

संग्रहालय प्रवेशमा विद्यार्थीलाई रु ५, स्वदेशी नागरिकलाई १५, सार्क देशका नागरिकका लागि ५० र अन्य विदेशी नागरिकका लागि १०० लाग्छ । क्यामरा शुल्क नेपालीका लागि २५, सार्कका लागि ५० र अन्य देशका नागरिकका लागि १०० कायम गरिएको छ ।
संग्रहालयमा बुधबारदेखि आइतबारसम्म बिहान १० बजेदेखि ४ः३० सम्म र सोमबार बिहान १० बजेदेखि २ः३० सम्म संग्रहालय खुल्नेछ । मङ्गलबार भने बन्द रहने गरेको छ ।

Facebook Comments