• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडाध्यक्षको निधन भएपछि रुन्टीगढी गाउँपालिकामा सार्वजनिक विदा




होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाले  वडाध्यक्षको निधन भएपछि आज बिहीबार सर्वजनिक विदा दिएको छ । गाउँपलिकाको  ४ नम्बर वडाका अध्यक्ष टंकबहादुर पुनको बुधबार उपचारको क्रममा निधन भएपछि पालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

वडाध्यक्ष पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बुधबार उपचारको क्रममा निधन भएको थियो ।

सामान्य जोरो आउने बिरामी भएर उनी उपचारको लागि त्यहाँ पुगेका थिए । प्रतिष्ठान जादा उनी रोल्पादेखि बाईक चलाएरै प्रतिष्ठान गएको परिवार स्रोतले बताएका छन् ।

गाउँपालिकाले सार्वजनिक संघ सस्था ,विद्यालय ,स्वास्थ्य सस्थामा सार्वजनिक विदा दिएको छ ।

त्यसैगरी वडा न. ४ को अध्यक्ष को निधनपछि बिहिवार हुने भनिएको रुन्टीगढी गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम पनि स्थगित गरिएको छ । पालिकाले निर्णय गरि अर्को सुचना ननिकाले सम्मको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम स्थगित गरिएको बताएको छ ।

 

Facebook Comments