• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपचारको क्रममा  बुद्ध ईन्टरनेशनल हस्पिटलमा बिरामीको मृत्यु, पीडितले दोषीलाई कारबाहीको माग 




दाङ । बुद्ध ईन्टरनेशनल हस्पिटलका चिकित्सकहरुको लापरवाहीको कारण बिरामीको मृत्यु भएको मृतकका परिवारजनले आरोप लगाएका छन् ।

घोराही उपमहानगरपालिका १५ सडक बिभागको ओरालोमा रहेको  बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालीमा घोराही उपहानगरपालिका वडा नम्बर १४ बस्ने कमला बिकको उपचार क्रममै मृत्यु भएको थियो ।

 

किट्नीको पथरी शल्यक्रिया गर्न  अस्पतालमा भर्ना गरिएको थियो  मंगलवार राति ८ बजे शल्यक्रिया भएको र उनको बुधवार विहान २ बजे मृत्यु भएको मृतकका ज्वाई बरुन कुमार विकले जानकारी दिए ।

विकको मृत्युपछि उनको परिवारले अस्पताल बन्द र डाक्टरलाई  कारबाहीको माग गरेको समेत ज्वाई बरुनले बताए । अहिले अस्पताल पक्ष र पिडित पक्ष विच बार्ता जारि रहेको छ ।

Facebook Comments