• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मदिनको अवसरमा खेलाडीलाई फुटबल




दाङ । पत्रकार तथा समासेबी तेज वीर बिसीले खेलाडीलाई फुटबल उपहार दिएका छन् । उनले दाङ लमहीका फुटबल खेलाडीहरुलाई मंगलबार आफ्नो जन्मदिनको अवसरमा एउटा फुटबल उपहारस्वरूप दिएका हुन् ।

पत्रकार विसी भन्छन याे सानाे सहयाेग हाे मैले धेरै त गर्न सकेन तर खेल क्षेत्रमा सक्ने सहयाेग गरे । तेज वीर राेल्पा जिल्लामा जन्मिएका हुन् भने समाजिक कामहरुमा सक्रिय छन् । उनले याे वर्ष भने फरक किसिमले आफ्नो जन्मदिन मनाएका छन् ।

बिदेशीकाे सिकाे गरेर केक तथा भाेजहरु गर्नु भन्दा कुनै नयाँ पनमा गरिब तथा विपन्न भएकाहरुलाई सहयोग गर्नु नै महानता हुने पत्रकार बिसीले बताए ।

मानव एक पटक जन्मन्छ तर ठुलाठुला भोज गरेर फजुल खर्च गर्ने गरि जन्मोत्सव मनाउन खासै आवश्यक नरहेको कुरामा उनको जोड थियो । रुन्टीगढी गाउँपालिका २ घर भएका पत्रकार विसी रोल्पा जिल्लाका लगाएत देशका विभिन्न सञ्चार माध्यममा अनुभव बटुलि सकेका लोकप्रिय पत्रकार तथा अव्वल समाजसेवी हुन्।

फूटबल खेल तथा खेलाडीप्रतिको उनको मायाप्रति खेलाडीहरुले कृतज्ञता ब्यक्त गरेका हुन्।

Facebook Comments