• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा रास्वपाद्वारा भ्रष्टाचार विरुद्ध विरोध कार्यक्रम




घोराही। राष्ट्रिय स्वतन्त्र पार्टि दाङले भ्रष्टाचार विरुद्ध घोराहीमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । राप्ती नदीमा कुलो खन्ने नाममा नदीजन्य वस्तु उत्खनन् गर्दा सेटिङ मिलाउन जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख सहित जनप्रतिनिधि र पत्रकारसम्मलाई लाखौं रकम घुस दिएको गम्भीर आरोप सार्वजनिक भएको घटना प्रति गम्भिर ध्यानाकर्षण जनाउदै भ्रष्टाचार विरुद्ध कार्यक्रम सम्पन्न गरिएको हो ।

पार्टिका जिल्ला संयोजक भक्त डाँगीको अध्यक्षता तथा पार्टिका लुम्बिनी प्रदेश प्रशिक्षण विभागका प्रमुख सुशील अधिकारीको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर विरोध कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रमुख अतिथी अधिकारीले जिल्लामा भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पुलिस प्रशासन नै यसप्रकारका घटनाको आरोपित हुन दुखद भएको भन्दै राज्यले यस घटनाको सत्य तथ्य अनुसन्धान गरी सार्वजनिक गर्न र दोषीलाई कारवाहीको दयरामा ल्याउनु पर्ने बताउनु भयो ।

 

विरोध कार्यक्रममा दाङ जिल्ला उप संयोजक रविन थापा, गुनासो विभाग प्रमुख सिला डाँगी, लमही प्रचार विभाग प्रमुख डिल्लीराज खनाल, दाङ क्षेत्र नंम्वर २ का सदस्य विजय केसीले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण पार्टिका घोराही नगर सचिव विमल जैसीले गर्नुभएको थियो ।

Facebook Comments