• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटना




सोलुखुम्बु । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटना भएको छ ।

लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले सोलुखुम्बुको लामजुराको डाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टर सम्पर्कमा रहेको जानकारी दिनुभयो । त्यसपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । थप विवरण आउन बाँकी ।

Facebook Comments