• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा दुई बर्षभित्र दुई लाख नागरिकलाई स्वरोजगार बनाउछौं : मन्त्री मास्की




तुल बहादुर कवर मगर
देउखुरी । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले अबको दुई बर्ष भित्र प्रदेशका दुई लाख नागरिकहरुलाई स्वरोजगार बनाउने बताएका छन् ।

दाङको राप्ती गाउँपालिकाले बेरोजगार युवाहरुलाई उद्यमशील बनाउने उदेश्यले सञ्चालन गरेको व्यवसायिक योजनासहित सरसफाई सामग्री उत्पादन गर्ने सीपयुक्त एक हप्ते तालिमको सोमबार भएको समापन कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री मास्कीले भरखरै संसदबाट पारित भएको नीति तथा कार्यक्रम एवम् बजेटमा नै दुई बर्षभित्र दुई लाख युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्य लिएको भन्दै प्रदेशका १२ वटै जिल्लाका उद्यमशिल बन्न चाहने युवायुवतीहरुलाई स्वरोजगार बनाउने गरी आवश्यक बजेटको व्यवस्था समेत गरेको बताए ।

स्वरोजगार कै माध्यमबाट समृद्ध लुम्बिनी र आत्मानिर्भर प्रदेश बनाउन सकिने समेत मन्त्री मास्कीको भनाइ थियो ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । उनले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा शिपमूलक शिक्षा र उद्यमशिलताको विकासलाई बढी जोड दिएको बताउदै बाँकी चार बर्षे कार्यकालमा एक हजार युवाहरुलाई उद्यमशिल बनाउने लक्ष्य रहेको कुरामा जोड दिए ।

अध्यक्ष विष्टले युवाहरुले उद्यमशिल गर्नका लागि योजना लिएर आएको खण्डमा बैंकबाट सहुलियतदरमा कर्जा उपलब्ध गराउने गरी ग्लोबल आईएमी बैंक भालुवाङ शाखासँग सम्झौता भएको समेत प्रष्ट पारे ।

समृद्ध नेपालका लागि स्वच्छ, कर्मठ र उद्यमी युवा भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका दाङ र राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको संयुक्त आयोजनामा सञ्चालित तालिमका सहभागीहरु लाई
हार्पिक,कुलीन,फिनाईल,ह्यान्ड वास लगायतका सामाग्रीहरु उत्पादन र बजारीकरण सम्बन्धी सिकाइएको थियोे ।No description available.

विभिन्न तालिमका लागि कुल ४ सय २ जना युवाहरुले आवेदन दिएकोमा पहिलो चरणमा २५ देखि ४५ वर्ष उमेर समुहका ८७ जना युवाहरुलाई
सरसफाई सामाग्री उत्पादन सम्बन्धी तालिम प्रदान गरिएको हो। तालिममा बहिराहरुका लागि सांकेतिक भाषा सिकाउन दोभासेको समेत व्यवस्था मिलाइएको थियोे ।

तालिमको प्रशिक्षकमा राष्ट्रिय युवा परिषद्का सदस्य सन्दिप सपकोटा,मदन खड्का र प्रकाश अधिकारी रहनु भएको थियोे।

Facebook Comments