• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एक हप्ताभित्र सडक पेटी खाली गर्न घोराही – १५ वडाको अल्टिमेटम




घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयले ७ दिनभित्र सडक पेटीमा रहेको अनावश्य वस्तुहरु हटाउन सूचना जारी गरेको छ ।

वडा अध्यक्ष रमेश कुमार पाण्डेयले सोमबार एक सूचना जारी गर्दै एक हप्ताभित्र सडकको छेउमा रहेको सामग्री खाली गर्न अनुरोध गरेका छन ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडामा रहेको सडक पेटीमा भएको निर्माण सामाग्रीर विक्री वितरण गर्न राखिएको सामाग्री तथा अन्य सामाग्रीहरु लगायत सडकमा आवातजावत गर्न बाधा पुर्याउने सम्पुर्ण सामग्रीहरु ७ दिन भित्र खाली गराउन अल्टिमेटम दिएका छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ अन्तर्गत पर्ने सम्पुर्ण सडक व्यवस्थित र दुर्घटना न्यूनीकरण र स्वच्छ घोराही बजार बनाउने उदेश्यले सडक, पेटी खाली गराउन लागेको वडा अध्यक्ष रमेश कुमार पाण्डेले बताए ।

बर्षौ देखि अव्यवस्थित रहेको सडकलाई व्यवस्थित गर्ने योजना मेरो योजना प्रमुख दायित्व रहेको पाण्डेले बताए ।

विभिन्न ठाउँमा सडक पेटीमै गोबर राख्ने, घरपालुवा जनावर बाध्ने, विक्री सामाग्री , निर्माण समाग्री राख्ने, गाडी राख्ने कार्यले आम नागरिकलाई सास्ती हुनुको साथै दुर्घटनाको आँकडा समेत बनेको बताइएको छ ।

Facebook Comments