• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लाइन्स क्लब एरिया नम्बर २ को चिफ पद हस्तान्तरण




घोराही । लायन्स क्लव इन्टरनेशनल ३२५ एन अन्तरगत एरिया नं. २ को पद हस्तान्तरण गरिएको छ । शनिबार घोराही १० मा रहेको दाङ फन भ्यालीमा आयोजना गरिएको कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ एन अन्तरगत एरिया नं. २ का एरिया चिफ धु्रव गौतमले नव निर्वाचित एरिया चिफ लायन डा. भिमसेन गिरीलाई पद हस्तान्तरण गर्नुभएको थियो । लायन्स क्लव इन्टरनेशनल ३२५ एन एरिया नं. २ का एरिया चिफ धु्रव गौतमको अध्यक्षतामा तथा लायन्स क्लव इन्टरनेशनल ३२५ एन का प्रथम उपाध्यक्ष लायन विनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रथम उपाध्यक्ष श्रेष्ठले सामाजिक सेवाको क्षेत्रमा अव्वल संस्थाका रुपमा रहेको लायन्समा लागेर नेतृत्व र व्यक्तित्व विकास समेत हुने धारणा राख्नुभयो । उहाँले लायन्समा सामाजिक सेवाको भावना हुनुपर्ने भन्दै एरिया नं. २ उत्कृष्ठ भएको विगतलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ एन का एक्जुकेटिभ चिफ लायन लव अधिकारी, नेत्र ज्योति संघका केन्द्रिय सदस्य लायन कृष्ण रिी, लायन्स क्लवका अग्रज लायन केशव थापा, लायन्स क्लव ३२५ एरिया नं. २ अन्तरगत जोन चियर प्रशन लायन लायन मधुसूदन बैद्य, लायन्स क्लव नारायणपुरका अध्यक्ष प्रकाश देवकोटा, कोही क्लवकी संस्थापका अध्यक्ष लायन सरीता देवकोटाले बोल्नुभएको थियो ।

एरिया चिफ लायन डा. भिमसेन गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन लायन्स क्लव एरिया नं. २ लायन वर्ष २०२२. २०२३ का एरिया सचिव का सचिव लायन प्रणव खड्काले गर्नुभएको थियो । सोही कार्यक्रममा लायन्स क्लव अफ् दाङ नारायणपुर भ्यालीका नव निर्वाचित अध्यक्ष लायन प्रकाश देवकोटालाई पनि पद हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा डिस्टीक एडभाइजर एमजेएफ लायन प्रताप विक्रम शाह,डिस्टा एक्जुकेटीभको चिफ लायन युवराज थपलिया, एओजी लायन शम्सेर थापा, डिस्टीक चिफ लायन धनेश्वर आचायर्, डिस्टीक चिफ लायन गोपाल लम्साल, डिस्टीक चिफ लायन कृष्ण कुमार गिरी, डिस्टीक चिफ लायन हिमाल डागी, कलस्टर चिफ लायन सरस्वती सुवेदी, एरिया कोषाध्यक्ष लायन रेशम गिरी,रिजन चियर प्रर्शन लायन रेशम बहादुर खडका, जोन चियर प्रर्शन लायिन मधुसुदन बैध, लायन पृथ्वी कबर, लायन पवन योगी, लायन तारा प्रोखेल, लायन गणेश अधिकारी, लायन प्रेमप्रकाश गिरी, डिमामेन्ट चिफ लायन प्रकाश डि.सी, डिस्टीक प्रोग्राम मेम्बर लायन भोजराज घिमिरे, लायन्स क्लव अफ इशानका अध्यक्ष लायन रिषिराज भण्डारी, लायन्स क्लव अफ राप्ती इञ्जिनियरिका अध्यक्ष लायन शरख अधिकारी, लायन्स क्लव अफ गढवाका अध्यक्ष लायन उमाकान्त पन्थ, लायन्स क्लव अफ नारायणपुरका अध्यक्ष लायन अनिल बस्नेत, लायन्स क्लव अफ नारायणपुर भ्यालीका अध्यक्ष लायन प्रकास देवकोटा, लायन्स क्लव अफ दाका अध्यक्ष भागवत घिमिरे, लायन्स क्लव अफ गुरुकुलका अध्यक्ष लायन आशा चौधरी,सिनियर लायन केशव थापा,लायन मदन कुमार आचार्य, लायन शुशिल कुमार के.सी., लायन युवराज प्रोख्रेल र लायन चन्दा श्रेष्ठको सहभागिता रहेको थियो ।

Facebook Comments