• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु




तुलसीपुर । पातुखोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु निवासी तुलसी दमाईका ११ बर्षीय छोरा रबिन परियारको पातुखोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् ।

साथीसँगै खोलामा नुहाउन गएका बालक डुबेको अवस्थामा स्थानीयले फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख मल्लले जानकारी दिए ।

प्रहरी प्रमुख मल्लका अनुसार पानीमा डुबेको अवस्थामा बालकको उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । उनको दिउँसो साढे तीन बजेतिर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments