• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही बजारलाई डुवानबाट बचाउन, नाला सफा गर्दै वडा सरकार




घोराही। ठुलो पानी पर्यो कि डुवानमा पर्ने घोराहीको मुख्य बजारलाई बचाउनका लागि घोराही उपमहानगरपालिका वडा नं. १५ ले नाला सरसफाईको कार्यलाई तीव्रता दिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा सदस्य लेखनाथ बुढाथोकीको नेतृत्वमा वडाभित्रका विभिन्न टोलहरुमा रहेका नालाहरु सरसफाईको कार्यलाई तीव्रता दिएका हुन ।

घोराही बजारको मुख्य पूव–पश्चिमअन्तर्गत सडकको सहिदगेटदेखि बिपीचोकसम्म, सहिदगेटदेखि जिल्ला अदालतसम्म, नेत्रलाल अभागी चोकदेखि दक्षिणतर्फ कोठेकोहललगायतका विभिन्न टोलमा रहेका मुख्य तथा सहायक नालाहरुमा सरसफाईको कार्य भैइरहेको वडा सदस्य बुढाथोकीले जानकारी दिएका छन् । उनका अनुसार नाला सरसफाईका क्रममा अधिकांश ठाउँका नालाहरु रक्सी र पानी खाएका बोतलसँगै इटा,ढुंगालगायतले भरिएको पाइएको छ ।
त्यसैगरी कतिपय ठाउँमा प्लाष्टिकलगायतका अन्य सामग्रीहरु जथाभावी रुपमा फाल्दा समेत नालाहरु बुझ्निे गरेकाले व्यवस्थीत रुपमा घोराही उपमहानगरपालिकाको फोहोर ल्याउन आउने गाडीमै फाल्न समेत उनले वडावासीसँग आग्रह गरेका छन् ।

सानो पानी पर्दापनि नाला बुझिएर सडकमा पानी आउने र कतिपय स्थानमा व्यवसायीहरुको सटरभित्रै पसेर क्षेती गर्न थालेपछि १५ नम्वर वडाले नाला सरसफाईको कार्यलाई अघि बढाएको उनले बताए । ‘बढ्दो सहरीकरणसँगै व्यवस्थीत रुपमा पानी निकास गर्नेगरी नाला निर्माण हुनुपथ्र्याे’,वडा सदस्य बुढाथोकीले भने,‘जसले गर्दा अहिले ठुलो पानी पर्दा निकास हुनेगरी नालाहरु निर्माण नहुँदा बजार नै डुबानमा पर्ने समस्या देखिने गरेको छ ।’

मुख्य सडकको सहिदगेटदेखि बिपीचोकसम्मको सडकमा पानीका कारण हुने डुवानलाई रोक्नका लागि काठेकोहल र सहिदगेट हुँदै तलतिरका दुई स्थानमा व्यवस्थीत नाला निर्माण गर्नुपर्ने आवश्यकता रहेको समेत उनी बताउँछन् ।

त्यसका लागि पटक पटक उपमहानगरपालिकामा कुरा उठाउँदा समेत बजेट बिनियोजन हुन नसकेको वडा सदस्य बुढाथोकीले बताए । सरफाईका कार्यमा नेपाल विद्यार्थी संघ, ब्रेभ गोरखा टे्निङ सेन्टर,आईटिएफ तेक्वान्दोका खेलाडी, युथ अफ दाङलगायतलगायतको सहभागीतामा शनिवार बैंक रोडलगायतका नाला सरसफाई गरिएको थियो ।
यसैविच सरसफाईको कार्यमा सहयोग पुर्याउने उद्देश्यले व्यवसायी रोशन जोशीले दुई , दुई पिस फरुवा र गैती र व्यवसायी धनेश्वर भण्डारीले पनि सरसफाई सामग्री सहयोग गरेका छन् । उनले एक पिस फरुवा र एक पिस गैती वडा सदस्य बुढाथोकीलाई हस्तान्तरण गरेका थिए ।

उपभोक्ताको छैन जागरुकता

आफ्नो घर टोल र नाला सफा र स्वच्छ राख्ने जिम्मा स्थानीयको भएपनि जागरुकता नहुँदा अधिकांश टोलहरुमा नालाहरु फोहोरै फोहोरले भरिन पुगेको वडा सदस्य बुढाथोकी बताउँछन् । आफनो घर नजिक वा टोलमा बन्न थालेका नालाहरु कसरी बन्दैछन ? पानी परेको बेला पास हुने अवस्थामा बन्दैछन कि छैनन् भनेर टोल विकास समितिका पदाधिकारी तथा उपभोक्ताहरु सचेत हुन सके अहिले बजारका अधिकांस ठाउँमा देखिएको पानी जम्मा हुने समस्या हट्ने उनी बताउँछन् ।

आफ्नो घर आगनमा सरसफाईका लागि वडाको टोली आउँदा सहयोग गरि सरसफाईमा सहभागी हुन वडा नं. १५का वडा अध्यक्ष रमेशकुमार पाण्डेले वडावासी जनतासँग आग्रह गरेका छन् । सरसफाईको कार्य सवैको साझा कार्यक्रम भएकाले टोललाई सफा र स्वच्छ राख्ने कार्यमा जुट्न समेत सवैलाई आग्रह गरेका छन् । सरसफाईको कार्यमा वडा सदस्य कृष्णा राना, दुर्गा नेपाली र माधव श्रेष्ठले समेत निरन्तर रुपमा लाग्दै वडा र वडावासीलाई सुरक्षित गराउने कार्यमा लागेका छन् ।

Facebook Comments