• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिरबाट लडेर घाइते सल्यानकी चेतनाको उपचारमा समस्या, आर्थिक सहयोगको अपिल




नबिन पिएम
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वाडा न. ३ खानीगाउँकि १७ वार्षिय चेतना पुनको गत असार १९ गते घर नजिकैको परिवन जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर गाइते गम्भीर भएकी थिइन ।

पुनलाई टाउको,हात, मुख लगायतमा गहिरो चोट लागेर बेहोस अबस्थामा थिइन । उनको हाल बाकेको नेपालगन्ज नर्सिङ होममा उपचार भैरहेकोछ ।अस्पतालको बेडमा जीवन मृत्यु संग लडिरहेकी छिन । स्वास्थमा हाल केही मात्रामा सुधार हुँदै गएको र सहयोगी मनहरुबाट सहयोग आउने क्रम पनि जारी रहेको पारिवारिक स्रोतले बताएकोछ ।

चेतनाको हजुर आमाले नातिनीको उपचारमा धेरै आर्थिक खर्च लाग्ने भएकाले उपचारको सहयोगको सबै संग पहल गरिदिन अनुरोध गर्नुभयो । र आफुलाइ दु:ख परेको बेला नेता र जनप्रतिनिधिहरु कुनै चासो र भेट गर्न नआएको दुखेसो पोख्नु भयो । उहाले बताए अनुसार चेतनाको बुवाको पनि उक्त परिवन जङ्गलमानै रुखबाट लडेर करिब आज भन्दा १२ बर्ष पहिले मृत्यु भएको रहेछ ।जति बेला चेतना पाँच बर्षकि थिइन,भने उनका कान्छा काकाको पनि सोही जङ्गलको भिरबाट लडेर आज भन्दा १६ बर्ष पहिले ज्यान गुमाउनु परेको रहेछ ।

उहाले भन्नू भयो ” पाँच बर्षमै बाबा गुमाएकि टुहुरि हो बाबू उस्को हामी बाहेक कोहि छैन जसरी पनि उस्को ज्यान बचाउन सहयोगको पहल गरिदिनु , २ वटा छोरा गुमाउनुको पिडा कसरी ब्यक्त गर्नु र अब नातिनी गुमाउन चाहन्न बचाउन चाहन्छु ।” भनेर गहभरी आँसु झार्दै रुनुभयो । सानै उमेरमा घरको खम्बा बुवा गुमाएकी चेतनाको परिवारमा ३ बहिनी र आमा हुनुहुन्छ चेतना जेठि छोरी हुन हाल उनको परिवार उनको हजुर आमा हजुर बुवा र माइला काका संग बस्दै आएका छ्न । उनकी आमा छोरीहरुकै पढाइ खर्च जुटाउन दैनिक मजदुरि गर्नुहुन्छ ।

आफूसँग भएको केही पैसा पनि उपचारमै सकिएको र परिवारमा आर्थिक अवस्था निकै कम्जोर भएकोले र उपचारमा धेरै आर्थिक खर्च लाग्ने भएकोले थप उपचारको लागि आफ्नो नातिनीको जीवन रक्षाको लागि सहयोगको सबै नेपाली मनकारीहरुमा उनकी हजुर आमाले सहयोगको अपिल गर्नु भएकोछ ।

सहयोगको लागी सम्पर्क 9868142473 / 9826586691 अथवा सिधै म्यासेज गर्न सकिने बताइएको छ ।

Facebook Comments