• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय दलित सङ्ग्रहालय निर्माणलाई पूर्णता दिई नेपाललाई नमूना सन्देश प्रवाह गर्ने




रोल्पा । नेपाल राष्ट्रिय दलित सङ्ग्रहालय व्यवस्थापन तथा सञ्चालक समिति रोल्पाको बैठक शुक्रबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित संङ्ग्रहालयका अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षता र सङ्ग्रहालयको प्रमुख सल्लाहकार एवं जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारको आतिथ्यता बैठक बसेको हो ।

बैठकले रोल्पा नगरपालिका वडा नं. ६ कालाथोक डाँडाँमा निर्माणर्धिन रहेको राष्ट्रिय सङ्ग्रहालयलाई सरकारी बजेट र सहयोग अभियान सञ्चालन पुर्णता दिएर नेपालमा नमूना सन्देश प्रवाह गर्न सबै नयाँ गतिका साथ लाग्ने निर्णय गरेको छ ।

बैठकका प्रमुख अतिथि एवं प्रमुख सल्लाहकार कर्मलाल परियारले नेपाल राष्ट्रिय दलित संग्रहालय रोल्पा जिल्ला मात्रै होइन परिवर्तनको लागि योगदान गर्ने रोल्पा जिल्लाबाट नमूना बनाउनको लागि देशभरी एउटा प्रवाह गर्नका लागि बृहत योजना रहेको बताउनुभयो । उहाँले रोल्पा जिल्ला परिवर्तनको सम्बाहक भएकोले गर्दा जनयुद्ध र परिवर्तनलाई सँस्थागत गर्नका लागि बनाउन लागेको बताउनुयो । उहाँले यसलाई अब सरकार र स्वयमले अभियानले सञ्चालन गरी यसलाई पूर्णता दिनका लागि लाग्नु पर्ने बताउनभयो ।

बैठकका अध्यक्ष मानसिंह विश्वकर्माले दलित सङ्ग्राहय निर्माणका व्यक्तिगत सपना नभएर सामूहिक सपना भएको गर्दा त्यसलाई अगाडि बढाउनको लागि नयाँ योजनाका साथ अगाडि बढाउने प्रतिवबद्धता व्यक्त गर्नुभयो । उहाँले अब सरकार र अभियानात्मक रुपमा अगाडि बढाउनको लागि कार्य योजना निर्माण गरिने बताउनुभयो ।

बैठकले दलित सङ्ग्राहलय निर्माण र हाल साँस्कृतिक टिम निर्माणका गरिएकोलाई व्यवस्थित रुपमा अगाडि बढाउने निर्णय गरेको छ । साथै बैठकमा परिवर्तनको लागि जीवन आहुती दिने महान शहीदहरुको सम्झनामा १ मौण धारणा समेत गरेको छ । बैठकले राष्ट्रिय दलित संग्रहालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मानसिंह विश्वकर्मा जेठ ३० गते रोल्पा मोटर साइकल दुर्घटनामा घाइते भएको र सदस्य रुपबहादुर परियार पनि विरामी रहेकोले सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै बैठकले सँस्थाको आर्थिक वर्ष २०८०।८१ को लागि नविकरण गर्ने, लेखा परिक्षक बालकृष्ण आचार्यलाई नियुक्ति गर्ने लगायतको निर्णय गरेको छ ।

साथै बैठकले संग्राहालय निर्माणका लागि अब सहयोग अभियान सञ्चालन गर्ने लगायतको निर्णय समेत गरको छ । बैठकले लुम्बिनी प्रदेश सरकारको सहयोग र रोल्पा नगरपालिकाबाट कार्यन्वयन गरिएको पञ्चेवाजा तालिमकाको खर्च समेत अनुमोदन समेत गरेको छ ।

बैठकले संग्रहालयको कार्यालय र साँस्कृतिक समूहको कार्यालय रोल्पा नगरपालिका वडा नं. ६ कोटगाउँ मिलनचोकमा राख्ने निर्णय गरेको छ ।

Facebook Comments