• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सामाजिक सञ्जाल हरेक व्यक्तिको साथी जस्तै बनेको छ : उपाध्यक्ष शर्मा




दाङ । प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष अजयदिप शर्माले सामाजिक सञ्जाल हरेक व्यक्तिको साथी जस्तै बनेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, दाङको आयोजना एव संचार तथा सुचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा आज घोराहीमा गरिएको प्रशिक्षण कार्यक्रममा बोल्दै शर्माले सामाजिक सञ्जाल हरेक पेसा र क्षेत्रका व्यक्तिले प्रयोग गर्न सकिने सरल र सहज प्रविधि भएकोले अहिले यो व्यक्तिको साथीजस्तै बनेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी शर्माले यसलाई सूचना प्रविधिको क्षेत्रमा भएको एउटा क्रान्तिका रुपमा अर्थ्याउन पनि सकिने बताउनुभयो । साथै उहाले वर्तमान सामयमा सूचनाको प्राविधिक पक्षमा भन्दा यसका सामाजिक प्रभाव र असरहरुका क्षेत्रमा रहेर बढी चर्चा आवश्यक रहेको बतताउनुभयो ।May be an image of 7 people, dais and text

यस्तै नेकपा माओवादी केन्द्र, दाङका अध्यक्ष एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष शुवास पुनले बितेको केही समयदेखि अहिलेसम्म नियाल्दा अनलाइन सञ्चारको प्रभाव बढी रहेको बताउनुभयो । तर यसमा भइरहेको विकाससँगै सूचनाको विश्वसनियता र तटस्थतामाथि पनि उत्तिकै प्रश्नहरु उठि नै रहेको उहाँको भनाई छ। ‘सामाजिक सञ्जालको प्रभाव त अझै तीव्र देखिन्छ,उहाँले भन्नुभया, ‘यसको प्रयोगबाट समाजमा सकारात्मक परिणामका असल उदाहरण प्रस्तुत गर्ने काम पनि युवा पुस्ताले गरिरहेको देखिन्छ र यसको गलत उपयोगले निम्त्याएको परिणाम पनि समाजमा देखिइनै रहेको छ।

यस्तै, नेकपा माओवादी केन्द्र, दाङका जिल्ला सचिव विश्वराज आचार्यले अनलाइन सूचना र सामाजिक सञ्जाल सूचना आदानप्रदान, जानकारी र सिकाइको महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो । पछिल्लो अवधिमा यसलाई नै प्लेटफर्म बनाएर विभिन्न सञ्जालमा माध्यमहरुको प्रयोगले शिक्षण सिकाइ, छलफल, अन्तरक्रिया, सेमिनार जस्ता महत्त्वपूर्ण कार्यसम्पादन समेत सम्पन्न गरिनु यसको असाध्यै सकारात्मक पक्ष रहेको उहाँको भनाई छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लक्ष्मी आचार्य, गणेश ओली, प्रेस सेन्टर नेपाल,दाङका संस्थापक अध्यक्ष पुरण शर्मा, प्रेस सेन्टर नेपाल,दाङका ईन्चार्ज प्रकाश चौधरी, नेकपा माओवादी केन्द्र, दाङका नेता तथा घोराही १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगीले अस्वस्थ तवरले विकास हुँदै गइरहेको अनियन्त्रित सूचना प्रणाली र सामाजिक सञ्जालको अभ्यासले आम नागरिकलाई सत्य र सही सूचनाबाट वञ्चित तुल्याउने र नियोजित ढंगबाट भ्रमपूर्ण अभ्यासको माध्यम बनिरहेको बताए।

उनीहरुले विभिन्न राजनीतिक दल र फरक९फरक स्वार्थ समूहले सामाजिक सञ्जाललाई गलत प्रचारप्रसारको माध्यम बनाउने र निहीत उद्देश्यका निम्ति प्रविधिको दुरुपयोग गर्दा आम नागरिकमा गलत सूचना प्रवाहित भई समाज विकासको पक्षमा पनि यसले नकारात्मक प्रभाव छोडिरहेको पनि बताएका हुन् । साथै उनीहरुले सामाजिक सञ्जाललाई आफ्नो निहीत स्वार्थ र मनोरञ्जनको साधन मात्र नबनाएर यसमा खर्च हुने समय उत्पादनशील विषयमा उपयोग गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रशिक्षकको रुपमा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएम,कार्यक्रमका प्रमुख अतिथी शर्मा रहनुभएको थियो । प्रेस सेन्टर नेपाल, दाङका कोषाध्यक्ष जिवन नेपालीको स्वागत मन्तव्यबाट सुरुभएको उद्घाटन कार्यक्रमको सहजिकरण सचिव जनक नेपालीले गर्नुभएको थियो ।

Facebook Comments