• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
इमर्जिङ नेसन्स कप क्रिकेटको लागि नेपाली टिमको घोषणा




दाङ । नेपाल क्रिकेट संघ क्यानले श्रीलंकामा हुने एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेटका लागि १६ सदस्यीय टिमको घोषणा गरेको छ ।

टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् ।

यस्तै रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो यथावत् छन् ।

करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन् । सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टिममा नपरेका हुन् ।May be an image of 1 person and text that says "ACC MEN'S EMERGING TEAMS ASIA CUP 20ZLARKA LAN CAN MEN'S EMERGING TEAMS ASIA CUP 2023 3 23RJULY SRI LANKA Feacher NEPAL SQUAD KUSHAL BHURTEL AASIF SHEIKH ARJUN SAUD ROHIT PAUDEL(C) KUSHAL MALLA AARIF SHEIKH DEV KHANAL GULSAN JHA SOMPAL KAMI BHIM SHARKI SHYAM DHAKAL PRATISH G.C. LALIT RAJBANSHI KISHOR MAHATO SANDEEP JORA SURYA TAMANG POWERED BY: * makura GREATIONS #MeEiSEvERGNOTEAMSAsAGUP#ACCHMECAN"

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ ।

इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्नेछन् । नेपाल प्रिमियर कपको विजेता बनेको थियो ।

इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् ।

श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् । नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ ।

नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

 

Facebook Comments