• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही – १५  मेनरोडको सडक तथा नाला सरसफाइ




घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मेनरोडको सडक तथा नाला सरसफाइ गरिएको छ । घोराही- १५ का वडा सदस्य लेखनाथ बुढाथोकीको सक्रियतामा घोराहीका विभिन्न संस्थाको पहलमा सरफाइ गरिएको हो ।

घोराहीको मेन रोडमा नालाहरु सफा नहुँदा  अत्यधिक बर्षा भएपछि सडक भरी जलमग्न र पानी सबै घरभित्र पस्ने हुदा नाला सरसफाइ गरिएको वडा सदस्यले बुढाथोकीले जानकारी दिनुभएको छ   । उक्त रोडमा बर्षाका कारण दर्जन बढी पसलहरुमा सडकको पानी पस्ने गरेको छ ।

घोराही नगर, स्वच्छ नगरको रुपमा विकास गर्न र बर्षाका कारण कुनै व्यवसायीमा क्षेती नहुस भनेर सरसफाइको आयोजना गरिएको वडा सदस्यले बताए । घोराही विपिचोक देखी सहिद गेटसम्मको दुई तिरको नाला ४ दिनदेखि सरसफाइ गरेको हुन् ।

Facebook Comments