• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फूलबारी निर्माण गर्दै जनज्योति माविका विद्यार्थी




श्रवण कुमार यादव

देउखुरी। दाङ देउखुरीको राजपुर गाउँपालिका२ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयमा पनि विद्यालयको प्राङ्गण भित्र वरिपरि लहलह फूल रोपेका छन् ।

फूलबारी हुर्काउन विद्यार्थीका चार वटा सदनलाई छुट्टाछुट्टै खण्डको जिम्मा दिइएको छ ।  धेरैजसो फूल विद्यार्थी, शिक्षकहरूले नै ल्याएको सो विद्यालयका प्र.अ.  केशव राम यादवले बताउनुभयो। विद्यालयको सौन्दर्यका लागि दुई दिनदेखि विद्यालयका विद्यार्थी शिक्षकहरूको सक्रियतामा आज शुक्रबार फूल रोप्ने कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभयो।

 

विद्यालयमा फूलबारी बनाउँदा विद्यार्थीले कतिपय किताबी ज्ञानलाई व्यवहारमा पनि प्रयोग गर्न पाउने भएका छन् । विषयमा घेरावारा, सरसफाइ जस्ता विषय पनि छन् । ती विषयको प्रयोगात्मक अभ्यास विद्यालयकै फूलबारीमा गराउन सक्ने उहाँले बताउनुभयो।

 

ढुंगाको गेग्रेटो भएको ठाउँमा केही दिन पहिले यस्तो दृश्य कल्पना गर्न पनि गाह्रो थियो । तर त्यहाँका साना विद्यार्थी र शिक्षक मिलेर माटो बोकेर फूल बनाउन अग्रसर भए । पढ्ने स्कुल राम्रो बनाउने सोचले विद्यार्थी यस्तो काममा अग्रसर भएका छन् । विद्यार्थीहरू घरबाटै मल समेत लिएर आउँछन् र आफ्नो फूलबारीको स्याहार गर्छन्।

विद्यार्थीले आफ्नो घर ठानेर त होला नि, स-साना नानीहरू पनि बिरुवा, मल लिएर आउँछन् । यसले गर्दा उनीहरूलाई विद्यालयप्रतिको मोह बढाउने भएको छ। ‘खाली भएको ठाउँ हरियाली बनाउन खोजेको बिद्यालयका शिक्षक र विद्यार्थीहरुको भनाइ थियो।

 

Facebook Comments