• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जग्गा फुकुवाका विषयमा मुख्यमन्त्री तथा मन्त्रीहरूसँग छलफल




भालुवाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लामो समयदेखि राजधानी क्षेत्रमा रोक्का रहेको जग्गा फुकुवा गर्ने विषयमा बिहीबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित विभिन्न मन्त्रालयका मन्त्री तथा संसदहरुसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका छन् ।

अध्यक्ष विष्टले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सहित अर्थमन्त्री धन बहादुर मास्के, सभामुख तुलाराम घर्ती मगर र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोख बहादुर महरा सँग भेटघाट तथा छलफल गरेका हुन् ।

उनीहरुलाई भेट्न अध्यक्ष विष्ट मन्त्रालयमै पुगेका थिए । भेटमा अध्यक्ष विष्टले लामो समयदेखि जग्गा रोक्का हुदा यस क्षेत्रका नागरिकहरुलाई अत्यन्तै समस्या परेको भन्दै यस अघि गठित जग्गा फुकुवा समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यनयनमा ल्याउन आग्रह गरे ।

त्यस्तै उनले बैंक तथा वित्तीय संस्थाहरुले दिने कर्जामा प्रदेश सरकारले २० लाख भन्दा बढी दिन नपाइने व्यवस्था गरेको प्रति आपत्ति जनाउँदै तत्काल त्यो व्यवस्था हटाउन माग गरे ।भेटपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले रोक्का रहेको जग्गा फुकुवा गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

मुख्यमन्त्री चौधरीले जग्गा फुकुवा गर्नका लागि गठित समितिले प्रदान गरेको प्रतिवेदनका बारेमा अध्ययन तथा छलफल भई रहेको भन्दै बजेट अधिवेशनका कारण केही ढिलो भएको बताए । “बजेट अधिवेशनका कारण त्यस विषय लाई टुङ्गोमा पुर्‍याउन केही ढिलो भयो त्यो प्रक्रियामै छ”( मुख्यमन्त्री चौधरीले भने अब छिट्टै निकास निस्कन्छ।

अर्थमन्त्री धन बहादुर मास्केले अब बस्ने क्याबिनेट बैठकले यस विषयको टुङ्गो लगाउने बताए । भेटमा पूर्व पालिका अध्यक्ष नुमानन्द सुवेदी, राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गका अध्यक्ष सुरज खड्का, नागरिक जनदबाब तथा संघर्ष समितिका संयोजक शंकर गौतम, गन्ज बहादुर विष्ट,जगत थापा, दोर्ण जिसी, टंक विष्ट लगायतका व्यक्तहरुको सहभागीता रहेको थियो ।

Facebook Comments