• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ महिला जेसिसका उपाध्यक्ष डिसीद्वारा जन्मदिनमा विद्यार्थीलाई सहयोग




घोराही।दाङ महिला जेसिस वर्ष २०२३ का उपाध्यक्ष भिमा डिसीले आफ्नो जन्मदिन विद्यार्थि बालबालिकालाई सहयोग गर्दै मनाउनु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नंम्वर १७ मा रहेको आधारभुत विद्यालय भैसाहीमा पुगेर दाङ महिला जेसिसको आयोजनामा एक कार्यक्रम गरी बालबालिकालाई शैक्षिक सामाग्रीका साथै चकलेट वितरण गर्दै उनिहरुसँग जन्मदिन मनाउनु भएको छ ।

दाङ महिला जेसिस वर्ष २०२३ का अध्यक्ष नारायनी भण्डारीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तुलप्रसाद घिमिरेको प्रमुख आतिथ्य एवं जन्मदिन मनाईरहनु भएकी डिसीकी आमा कलावती डिसीको विशिष्ठ आतिथ्यमा औपचारिक कार्यक्रम गरिएको थियो ।

विद्यालयमा अध्ययनरत ७३ जना विद्यार्थिहरुलाई स्टेशनरी समानहरु कापि, कलम, खेलकुद सामाग्रीका साथै चकलेट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक योगमाया भण्डारीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा जन्मदिन मनाईरहनु भएकी डिसीकी आमा कलावती डिसीलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले अन्य फजुल खर्च गर्नुभन्दा यसरी बालबालिकालाई सहयोग गर्दै जन्मदिन मनाउने काम प्रसंशनिय भएको बताएका थिए ।

यस्तै दाङ महिला जेसिस वर्ष २०२३ का उपाध्यक्षका साथै अनेरास्ववियुको निवर्तमान केन्द्रिय सदस्य तथा नेकपा एमाले रोल्पाका सदस्य समेत रहनु भएकी भिमा डिसीले समाज कल्याण केन्द्र दाङले थालेको खुत्रुके बचत अभियानमा पनि सहयोग गर्नुभएको छ । केन्द्रका अध्यक्ष निर्माला गौतमलाई भेट गरी केन्द्रले लागु औषध दुव्र्यसन न्यूनिकरणका लागि थालेको अभियान र आमा शिक्षा कार्यक्रमको प्रभाव समाजमा राम्रो देखिएको भन्दै एक रुपैयाँ खुत्रुके बचत अन्तरगत ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ॥

Facebook Comments