• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनस्तरमा सम्बन्ध विस्तार गर्न एकीकृत योजना बनाएर अघि बढ्नुपर्नेमा जोड 




घोराही । पछिल्लो समयमा जनचाहना संबोधनका सन्दर्भमा सरकारको पहल सकारात्मक भएपनि जनस्तरमा त्यसको सन्देश ठीकढंगले पुग्न नसकिरहेको स्वीकार गर्दै माओवादी केन्द्रका जनवर्गीय संगठनहरुको सक्रियता बढाउनुपर्नेमा जोड दिइएको छ ।
नेकपा माओवादी केन्द्र दाङले मंगलबार घोराहीमा आयोजना गरेको आफ्ना जनवर्गीय संगठनहरुको संयुक्त बैठकमा यस्तो जोड दिइएको हो । सरकारका राम्रा कामको प्रचार तथा प्रतिरक्षा गर्दै जनस्तरमा सम्बन्ध विस्तार गर्न जनवर्गीय संगठनहरुले एकीकृत योजना बनाएर अघि बढ्नुपर्ने उनीहरुको धारणा थियो । बैठकका सहभागीहरुले सरकारले भ्रष्टाचारका मुद्दाका फाइलहरु एकपछि अर्को कानुनी प्रक्रियामा अघि बढाएर सुशासनका पक्षमा आफूलाई उभ्याएको भए पनि प्रधानमन्त्री स्वयंको पार्टी माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले यो विषयलाई जनस्तरसम्म पु¥याएर पार्टीको पक्षमा वातावरण बनाउन पर्याप्त इच्छाशक्ति नदेखाएको बताएका थिए ।No description available.
राजनीतिक आग्रह पूर्वाग्रह, सामाजिक सञ्जालमार्फत प्रवाह भइरहेका मिथ्या सूचना, प्रोपोगण्डालाई माओवादी नेता कार्यकर्ताले चिर्न सक्नुपर्ने सहभागीहरुको धारणा थियो । ‘सधैजसो मलको हाहाकार हुने गरेको खेतीपातीको मौसममा यसपटक प्रधानमन्त्रीले मलको अभाव नभएको भनिरहँदा किसानहरुले मल पाइरहेका छैनन् भन्ने कुरा धेरै प्रचार गरियो’– सहभागीहरुले भने– ‘मल आपूर्तिको जिम्मा पाएकाहरुले गरेको वदमासी उजागर गर्ने मामिलामा हामी धेरै पछि प¥यौं । स्थानीय तह हुँदै सहकारीमार्फत वितरण भइरहेको मलमा राजनीति गरिएको रहेछ । विगतमा निर्वाचनमा सहयोग गरेकालाई बाँड्ने, सहकारीका सदस्यलाई मात्र दिने, नयाँ सदस्य बन्न बाध्य पार्नेजस्ता कामहरु भए । कतिपयलाई त आउने वर्षका लागि समेत मल दिएको भेटियो । हामीले सक्रियता बढाएपछि अहिले मलमा भइरहेका वदमासी रोकिएको छ ।’
बैठकमा बोल्ने जनवर्गीय संगठनका प्रतिनिधिहरुले पार्टीले जनवर्गीय संगठन परिचालनमा ध्यान पु¥याउनुपर्ने, नियमित बैठक गर्ने, सहकार्य समन्वय बढाउने, निर्वाचनका बेलाजस्तो सक्रियता निरन्तर कायम गर्नसके पार्टीले लोकप्रियता हासिल गर्न कसैले छेक्न नसक्ने बताए ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तुलसीराम पुनको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष गिरवहादुर महरा, अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष दिलकुमारी पुन, वाइसिएल जिल्ला इन्चार्ज माइकल, ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष यादव शर्मा, किसान महासंघका भीमबहादुर ओली, प्रेस सेन्टरका जिल्ला सचिव जनक नेपालीलगायतले धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्यले गर्नुभएको थियो ।
Facebook Comments