• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनियमितता रोक्न खोज्दा दुःख दिने काम भयो : अध्यक्ष वली




घोराही । शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष सुनिल वलीले अनियमितता रोक्न खोज्दा आफुलाई सुनियोजित रुपमा फसाइएको बताएका छन् । सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर वडा अध्यक्ष वलीले योजनाको डुव्लिकेशनको आशंकामा कुरा उठाउँदा आफुलाई फसाइएको बताएका हुन ।

शान्तिनगर गाउँपालिका वडा नं. २ अन्तर्गत रहेको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरपुरमा पुस्तकालय स्थापनाको विषयमा आफुले बुझ्न खोज्दा विवाद भएको बताए ।

‘वडामा हुने अधिकांस विकास निर्माणका कामहरु वडा अध्यक्षको सिफारिसमा हुने गरेको छन्, तर जनकल्याण माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने योजनाहरु कसरी प¥यो भनेर बुझ्न मात्रै खोजेको थिए’,पत्रकार सम्मेलनमा वडा अध्यक्ष वलीले भने,‘तर कर्मचारीले नै वडा अध्यक्ष भनेको को हो भनेर अपमान नै गरेपछि सामान्य विवाद भएको हो ।’

यो सामान्य विषयलाई राजनीतिक पहँुजका आधारमा आफुलाई फसाइएको समेत उनले बताए । वली स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्ष हुन । अध्यक्ष वलीले आफुले वडामा कुनैपनि भ्रष्टाचार नगरेको र गर्न पनि नदिएकाले आफुमाथि पटक पटक जनप्रतिनिधि र कर्मचारीहरुले हत्तोसाहित गराउने गरेको पनि बताएका छन् । कर्मचारीसँग विवाद हुँदा उनलाई प्रहरीले असार ८ गते घोराही आउदै गर्दा नारायणपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।

शान्तिनगर गाउँपालिका शिक्षा शाखा प्रमुख सुमन पाण्डेयले आफुमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । निवेदनपछि पक्राउ परेका वली सोमवार धरौटीमा रिहा भएका छन् ।

Facebook Comments